arrow

लिबियाको तेल निर्यातमा अवरोधले १ अर्ब ४० करोड डलर घाटा

logo
सिन्ह्वा,
प्रकाशित २०७६ फागुन २ शुक्रबार
libya-oil.jpg

त्रिपोली। लिबियाको सरकारी तेल कम्पनी लिबियाली नेसनल आयल कर्पोरेसन (एनओसी) ले तेलकुवा र बन्दरगाह अवरोध गरिएका कारण तेल निकासीमा कमी आएको जनाएको छ। पछिल्ला केही महिनाभित्रै एनओसीलाई एक अर्ब ४० करोड डलर नोक्सानी भइसकेको छ। मुलुकको दैनिक तेल उत्पादनमा कमी आएर प्रति दिन एक लाख ६३ हजार ६८४ ब्यारेल पुगेको छ। लिबिया र लिबियाली जनताका लागि तेल निर्यातमा देखिएका सबै किसिमका अवरोध हटाउन एनओसीले आग्रह गरेको छ।

पूर्वी लिबियाका आदिवासी नेताहरुले हालै मात्र तेल निर्यात हुने प्रमुख बन्दरगाह बन्द गरिदिएका छन्। उनीहरुले राष्ट्रसंघको समर्थनप्राप्त लिबियाली सरकारले पूर्वी क्षेत्रमा तैनाथ सैनिक विरुद्ध लड्न सशस्त्र समूहलाई तेलबाट आर्जित आम्दानी खर्च भइरहेको आरोप लगाएका छन्।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले गत मंगलबार मात्र लिबियाबाट उत्पादित कच्चा र प्रशोधित पेट्रोलियमको गैरकानुनी निकासी रोक्ने सम्बन्धी एक प्रस्ताव पारित गरेको थियो। यो प्रतिबन्ध आगामी सन् २०२१ को अप्रिल ३० सम्म लागू हुनेछ। सन् २०११ मा नेता मौमार गद्दाफीको पतन भएसँगै लिबियामा हिंसा बढ्नुका साथै राजनीतिक अस्थिरताले मुलुक आक्रान्त छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ