arrow

उपाध्यायको निधनपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित

logo
प्रकाशित २०७६ फागुन २ शुक्रबार
pm-kp-oli-speech1.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदलाई गर्ने सम्बोधन स्थगित भएको छ । राष्ट्रिय सभाका सांसद दुर्गाप्रसाद उपाध्यायको निधनका कारण प्रधानमन्त्री ओलीको सम्बोधन स्थगित भएको हो ।
 लामो समयदेखि आन्द्राको क्यान्सरबाट ग्रसित उपाध्यायको शुक्रबार बिहान चीतवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

प्रधानमन्त्री ओलीले सरकार सम्हालेको दुई वर्ष पूरा भएको अवसरमा शुक्रबार संसदमा सम्वोधन गर्ने कार्यक्रम थियो। प्रधानमन्त्री ओलीले २०७४ फागुन ३ गते सरकार सम्हालेका थिए ।

नेपाली कांग्रेस रुपन्देहीका महाधिवेशन प्रतिनिधि समेत रहेका उपाध्याय वि.सं. २०५४ को स्थानीय निर्वाचनमा रुपन्देही जिल्लाको साविक मधुवनी गा.वि.स.मा उनी उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । वि.सं. २०६७ को बाह्रौं महाधिवेशन र २०७२ को तेह्रौं महाधिवेशनमा उनी दुई कार्यकाल क्षेत्रीय सभापति समेत थिए ।

वि.सं. २०७४ मा उनी नेपाली कांग्रेसको तर्फबाट प्रदेश नं. ५ बाट राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएका थिए । हाल उनी लुम्बिनी विकास कोषको कार्यकारिणी सदस्य तथा विभिन्न समाजिक संघ संस्थामा संलग्न थिए ।

उनको तत्कालिन एमालेलाई तत्कालीन माओवादी केन्द्रले साथ दिएपछि स्पष्ट बहुमतको सरकार बनेको थियो । उक्त सरकारलाई समाजवादी पार्टी नेपालले साथ दिएसंगै सरकार दुई तिहाई समर्थनको भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ