arrow

देश कमजोर, टर्की र इजरायको आक्रमण जारी

logo
एएफपी,
प्रकाशित २०७६ फागुन २ शुक्रबार
Syria_Lebanon_Israel_Map.jpg.jpeg

बेरुत। इजरायली क्षेत्रबाट त्यहाँका सेनाले गरेको एक क्षेप्यास्त्र आक्रमणमा परी दमासकसनजिकै तीन सिरियाली र चार इरानी लडाकू मारिएका सिरियाली युद्धलाई अनुगमन गरिरहेको एक मानव अधिकारी समूहले जनाएको छ।

‘सिरियन  अब्जरभेटरी फर ह्युमन राइट्स’ले दमासकस एयरपोर्ट क्षेत्रमा भएको सो आक्रमणमा परी कम्तीमा तीन सिरियाली सैनिक र इरानको क्रान्तिकारी गार्डका चार सदस्यको मृत्यु भएको जनाइएको छ।

सिरियामा सन् २०११ को मार्चमहिनाबाट त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै शुरु भएको जनआन्दोलन केही महिनापछि गृहयुद्धमा परिणत भयो। यस गृहयुद्धको क्रममा अल कायदा र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूहहरु हाबी हुदै गयो। 

सो सयमदेखि हालमा यस युद्धमा परी करिब चार लाख व्यक्तिको मृत्यु भएको छ भने लाखौको सङ्ख्यामा व्यक्तिहरु घाइते भएका छन्। लाखौ व्यक्ति आफ्नो देश र विदेशमा शरणार्थी बन्न बाध्य भएका छन्।

देश कमजोर भएको यस अवस्थामा छिमेकमा पर्ने देशहरु टर्की र इजरायलगायतले बारम्बार आक्रमण गरेको पाइन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ