arrow

प्रियंका र निकका परिवार जुटे बच्चाको स्वागतमा

logo
प्रकाशित २०७६ फागुन २ शुक्रबार
priyanka-nike.jpg

काठमाडौं । भारतीय अभिनेत्री प्रियंका चोपडा र र अमेरिकी पप गायक निक जोनसको घरमा खुशीयाली छाएको छ। जोनास परिवारमा एक पाहुना आउँदैछन्। स्रोतका अनुसार जोनास परिवार बच्चाको आगमनको खबर सुनेर अत्यन्त खुशी भएको छ। सबैजना अहिलेबाटै घरमा बच्चाको आगमनको तयारीमा जुटेका छन् ।

 शुभ समाचार प्रियंका चोपडाकी जेठानी सोफी टर्नर र जो जोनासको हो। समाचारका अनुसार २३ बर्षेय सोफी गर्भवती छिन् र चाँडै बच्चालाई स्वागत गरिनेछ। सम्पूर्ण जोनास परिवार बच्चाको आगमनलाई लिएर अत्यन्त खुशी छ।

विदेशी मिडियाका अनुसार जो र सोफी टर्नरले सन्तान हुने कुरा लुकाएका थिए तर अहिले यो कुरा सरा्वजनीक भएको छ ।  सोफीले अवस्थालाई हेर्दै त्यस अनुसारका कपडा मगाएकी छन् । सोफी र जो हालै प्रियंकासंगै ग्र्यामी अवार्डमा देखा परेका थिए।

यस समारोहमा तीनै जना जोनास ब्रदर्स आफ्नी श्रीमतीसँग देखिएका थिए । सोहि कार्यक्रममा प्रियंकालाई उनको पोशाकलाई लिएर ट्रोल पनि गरिएको थियो । जसको पीसीले सफाइ दिदै उनको शरीरमा पारदर्शी कपडा रहेको र नदेखिएको बताएको थियो ।

रिपोर्टका अनुसार जोनास ब्रदर्सले लस एन्जलसको नजिक एनसिग्नो भन्ने ठाउँमा धेरै पैसा लगानी गरिरहेका छन्। सबै भाइहरू मिलेर त्यस ठाउँमा जग्गाको लागि अहिलेसम्म कुल (३४.१ मिलियन डलर) ३ अर्ब ९० करोड खर्च गरेका छन्। निक- प्रियंका अघि, सोफी टर्नरले आफ्नो श्रीमानसँग १५ हजार वर्ग फुटको घरको लागि (१४.१ मिलियन डलर) १ अर्ब ६१ करोड खर्च गरेका थिए ।

रिपोर्टका अनुसार, निक-प्रियंकाको नयाँ घरमा सात बेडरूम र ११ बाथरूम छन्। सोफी टर्नरको नयाँ घरमा १० बेडरूम र १४ बाथरूम छन्। अगस्टमा निकले आफ्नो घर बेचेको समाचार बाहिरिएको थियो ।

जोनास परिवारमा बच्चाको आधिकारिक रूपमा घोषणा गरिएको छैन। यद्यपि विदेशी मिडियामा सोफी गर्भवती भएको बताइएको छ ।

निश्चय पनि यो खबर सुनेपछि प्रियंका चोपडाका फ्यानहरूले पनि उनीहरूबाट धेरै आशा राखेका छन्। उनीहरूको शुभ समाचारको लागि पर्खिरहेका छन्। प्रियंका चोपडाले २०१८ निक जोनससँग बिहे गरेकी थिइन् ।

उनिहरुले राजस्थानको जोधपुर शहरमा बिहे गरेका थिए । प्रियंकासँग विवाह बन्धनमा बाँधिएका  निक लगभग ११ वर्ष कान्छा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ