arrow

धूम मच्चाउदै सलमान, 'धूम ४' र 'रेस ३' मा नायक होइन खलनायक

logo
प्रकाशित २०७३ वैशाख ७ मंगलबार
dhoom4.jpg.jpeg
एजेन्सी । सलमान ख़ानले बलिउडमा अढाई दशक भन्दा ज्यादा अहम भुमिकामा अभिनय गरेका छन् । यसमा  'प्रेम' देखि लिएर 'राधे भैया' र 'डेविल' जस्ता नाम निकै चले । तर यी सबै चलिचित्रमा सलमान एक असल चलित्रको रुपमा थिए । सलमानले आज सम्म कुनै चलचित्रमा भिलेन वा खलनायकको भुमिका निर्वाह गरेका छैनन् । तर सलमान अब यस परम्परालाई तोड्न गइरहेका छन् । त्यो पनि एक फिल्मको लागि नभएर दुई-दुई फिल्ममा नेगेटिभ रोल गरेर ।
 
भारतिय सञ्चार माध्यमका अनुसार सलमान ख़ान यशराज फिल्म्सको  'धूम ४' र रमेश तोरानीको चलचित्र 'रेस ३' मा स्टाइलिश भिलेन बन्ने भएका छन् । यस रिपोर्टका अनुसार सलमान अफुसँग नयाँ प्रयोग गर्न चाहान्छन् । यसमा 'एन्टी हीरो' बन्ने सम्भवना अझ प्रबल रहेको छ ।
 
'रेस ३' मा सलमानले काम गर्ने लगभग पक्का भएको छ भने 'धूम ४' को लागि सलमान र यशराज फिल्म्स बीच आर्थीक हिसाब भइरहेको छ । सलमान यशराज फिल्म्सबाट चलचित्रको फाइदाको हिस्सा लिन चाहान्छन् जसरि 'धूम ३' का आमिर ख़ानलाई अफर गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ