arrow

अवैध रुपमा सीमा पार गर्ने  तीन  हजार भन्दा बढी मेक्सिकोको जेलमा

logo
एएफपी,
प्रकाशित २०७६ फागुन ३ शनिबार
mexico-wall.jpg

काठमाडौं। मेक्सिकोको सीमा पार गर्ने  तीन हजार जना भन्दा बढीलाई मेक्सिको जेलमा राखेको जनाएको छ। मेक्सिकोको दक्षिणी सीमा क्षेत्रबाट अवैध रुपमा सीमा पार गरिरहेको अवस्थामा ३ हजार ८०  जना  नागरिकलाई नियन्त्रणमा लिई थुनामा राखिएको जानकारी मेक्सिकोको सरकारले दिएको छ।

ती नागरिक मेक्सिकोको दक्षिणी सीमा क्षेत्रबाट सीमा पार गरेर ग्वाटेमाला जाने तयारीमा रहेका थिए । मेक्सिकाली आप्रवासन कार्यालयले शुक्रबार एक विज्ञप्तिमार्फत सो जानकारी गराएको बताइएको छ । 

यसअघि ‘२०२० क्याराभान’ नामबाट होन्डुरसतर्फ जाने कार्यक्रम रहेको र सोही बमोजिम सयौँ व्यक्ति त्यसतर्फ छिरेका थिए । तर पनि मेक्सिकाली सरकारले त्यो अभियानमा उनीहरुमात्र नरहेको भन्दै दक्षिणी सीमाबाट पार गरिरहेका नागरिकलाई नियन्त्रणमा लिएको  शुक्रबार जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ