arrow

निर्देशकले ‘कट’ भने पनि किन रोकिएनन् यी नायक नायिका ?

logo
प्रकाशित २०७६ फागुन ४ आइतबार
kissing-scenes.jpg

काठमाडौं । चलचित्र हेर्दै गर्दा मानिसहरुलाई कलाकारहरुको कसरी ‘कोजी’ सिन दिन सक्छन् भन्ने लाग्नसक्छ । सुटिङको क्रममा धेरै मानिसको ध्यान सुटिङ गरिरहेका कलाकारमा हुने गर्छ । यस्तोमा पनि कतिपय अवस्थामा कलाकारले त्यस्तो सिनमा आफूलाई रोक्न सक्दैनन् र निर्देशकको ‘कट’ निर्देशनको पनि वेवास्ता गर्ने गर्छन् । यस्तै केही बलिउडका कहानीहरु यहाँ उल्लेख गरिएको छ ।

१. विनोद खन्ना र डिम्पल कबाडिया
‘प्रेम धरम’ नामक फिल्ममा विनोद खन्ना र डिम्पल कपाडियाको बीचमा एक किसको सिन थियो । वर्षा भइरहेको समयमा नाचिरहेकी डिक्पललाई विनोद खन्नाले किस गरेको दृश्य थियो । यो क्रममा निर्देशकले ‘कट’ भन्दा पनि विनोद रोकिएनन् र किस जारी राखेका थिए । पछि निदेशकले नायिकासँग माफी मागेका थिए ।

२. विनोद खन्ना र माधुरी दीक्षित
‘दयावान’ फिल्ममा माधुरीले आफूभन्दा २० वर्ष जेठा विनोद खन्नासँग एक किस सिन दिएकी थिइन् । सिनको क्रममा भावनामा आएका विनोदले माधुरीको ओठमा टोकिदिएका थिए । पछि माधुरीले यो फिल्म खेलेकोमा अफसोच व्यक्त गरेकी थिइन् ।

३. दिलीप तहिल र जया प्रदा
भारतीय चर्चित नायिका जयाप्रदाको साथमा पनि यस्तै घटना घटेको थियो । एक फिल्म सुटिङको क्रममा दिलीपले आफ्नो नियन्त्रण गुमाएका थिए । हद पार गरेपछि जयाले उनलाई एक झापड हानेकी थिइन् ।

४. रञ्जित र माधुरी दीक्षित
फिल्म प्रेम प्रतिज्ञाको बलात्कारको सुटिङ चलिरहेको थियो । यो सिनमा रञ्जितले माधुरी दीक्षितलाई जबरजस्ती गर्नुपर्ने थियो । यो क्रममा उनले आफ्नो नियन्त्रण गुमाए र भावना डुब्न थाले । यो सिनपछि माधुरी लामो समयसम्म बेखुसी देखिएकी थिइन् र रञ्जितलाई हात नलगाउन चेतावनी पनि दिएकी थिइन् ।

५. प्रेमनाथ र फरयाल
द गोल्ड मेडल फिल्मको एक बलात्कारको सुटिङमा प्रेमनाथलाई फरयालमाथि जबरजस्ती गर्नुपर्ने सिन थियो । यो क्रममा प्रेमनाथले आफूमाथि नियन्त्रण पाउन सकेनन् र बढी नै हाबी हुन थाले । त्यसपछि नायिका उनीबाट फुत्केर साथीहरु भएको ठाउँमा गएकी थिइन् ।
 

६. रुसलाना मुमताज र चेतना
रुसलान मुमताज र चेतनाको फिल्म ‘आई डन्ट लभ यू’मा दुवैको सिन एक फरक अवस्थामा पुगेको थियो । दुवैको बीचमा लभ मेकिङ सिन चलिरहेको थियो । यस क्रममा भावनामा आएका रुसलानले चेतनाको कपडाको जिप खोलिदिएका थिए । पछि रुसलानले माफी पनि मागेका थिए ।

७.सिद्धार्थ मल्होत्रा र ज्याकलिन फर्नान्डेज
द जेन्टलमेनको एक लभ मेकिङ सिनमा सिद्धार्थ मल्होत्रा र ज्याकलिन फर्नान्डेज निर्देशकले कट भनेपछि पनि रोकिएका थिएनन् ।

८. रणवीर र एवलीन
ये जवानी है दीवानी फिल्मको एक सिनमा रणवीर कपुर एवलीनको जांघमा बस्नुपर्ने थियो । यो सिनमा रणवीर यतिसम्म डुबे कि निर्देशकले धेरैपटक कट भन्दा पनि उनले सुनेनन् ।

९. टाइगर श्राफ र ज्याकलिन फर्नान्डेज
एक फिल्म सुटिङको क्रममा टाइगर र ज्याकलिन फर्नान्डेज एक किस सिनमा निर्देशकले धेरैपटक कट भन्दा पनि रोकिएका थिएनन् । सिन सकिएपछि थाहा पाएका उनीहरु लाजले रातोपिरो भएका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ