arrow

१ करोड १८ लाख अमेरिकी डलर अनुदानबारे सीजीको स्पष्टिकरण

logo
प्रकाशित २०७६ फागुन ४ आइतबार
cgtel-logo-cg-telecom.jpg

काठमाडौं।‌ केही सञ्चार माध्यममा सीजी कम्युनिकेसन्सले १ करोड १८ लाख अमेरिकी डलर अनुदान लिएको वारेमा प्रकाशित समाचारप्रति सीजी कम्युनिकेसन्स प्रालिले ध्यानाकर्षण भएको जनाएको छ । कम्युनिकेसन्सका प्रवक्ता मधुसूदन पौडेलले विज्ञप्ति जारी गरि सो समाचारको खण्डन गर्दै स्पष्ट पारेका छन्।

प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,' यो रकम तत्कालिन एसटिएम टेलिकम सञ्चार प्रा. ली, ले पूर्वाञ्चलको ग्रामिण क्षेत्रमा दूरसञ्चार सेवा पुऱ्याउनका लागि विश्व बैंकबाट पुँजीगत अनुदान प्राप्त गरेको हो। हाम्रो अध्ययनअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले विश्व बैंकको ऋण सहयोगमा सञ्चालित 'दूरसञ्चार क्षेत्र सुधार परियोजना' अन्तर्गत सन् २००३ मा पूर्वाञ्चलका ५३४ गाविसमा टेलिफोन सेवा उपलब्ध गराउन आहृवान गरेको बोलपत्रमा तत्कालीन एसटीएम छानिएको हो।'

'विश्व बैंकले विशिष्ट प्रणालीको अधीनमा रही सहयोग प्रदान गर्दछ । त्यसको नियमन र सुपरिवेक्षणमा पनि निश्चित मापदण्ड तय गरेको हुन्छ । यो अनुदान उपहार दिइएको होइन । शर्तअनुसार कार्यप्रगती र मापदण्डहरू पुरा भएपछि पाँच किस्तामा उक्त रकम निकासा गरेको देखिन्छ। एसटीमले तोकिएको समय र क्षेत्रमा १,४०० पीसीओ स्थापना गरी उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै दूरसञ्चार प्राधिकरणले सन् २००७ अप्रिल २ मा सम्पन्नताको प्रमाणपत्र जारी गरेको थियो । प्रमाणपत्र यसैसाथ संलग्न छ । सीजी टेलिकमले सन् २०१३ मा मात्र एसटिएम खरिद गरेको हो' विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ