arrow

नेपालको जित पछि पुबुदुले पनि गाए ‘रातो र चन्द्र सुर्य’ (भिडियो)

logo
प्रकाशित २०७३ वैशाख ७ मंगलबार
Pubudu_rato_chandra.jpg.jpeg

काठमाडौं। नेपाली क्रिकेट टोलीले बिजय पछि ‘रातो र चन्द्र सुर्य’ गाएर खुशियाली मनाउने गरेको छ। यो चलन नयाँ होईन पुरानो हो। सन् २०१३मा भएको एसीसी टि-२० क्रिकेटमा पनि नेपालले राष्ट्रिय गीत गाएर खुशियाली मनाएको थियो।

नेपाली क्रिकेटको गीत भनेकै रातो र चन्द्र सुर्य भैसकेको छ। बिजयपछि खेलाडीहरु गोलबद्ध भएर उक्त गीत गाउने गरेकाछन्। गोलबद्ध हुँदा खेलाडी सहित सम्पुर्ण कोचिङ सदस्यहरु पनि सम्मिलित हुने गरेका छन्।

नेपाली क्रिकेटका पुर्व कोच पुबुदु दाशानाएकेले पनि पहिलो लाईन कण्ठ पारेका छन्। उनलाई पनि रातो र चन्द्र सुर्य भन्न आउँछ। यसैबाट अनुमान लगाउन सकिन्छ नेपाली टोलिले कति पटक यो गीत गायो होला भनेर।

उनले गाएको भिडियोमा पनि हेर्न सकिन्छ। त्यसैगरि गोलबद्ध हुनेमा विश्व क्रिकेट लीगमा नामिबिया बिरुद्धका खेलहरुमा म्यानेजरको भुमिका निभाएका भारतिय पुर्व टेष्ट खेलाडी वेंकटपति राजु पनि रहेका छन्।

 

भिडियो:

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ