arrow

पाकिस्तानको अबोटाबादमा देखियो कोरोना भाइरस

logo
प्रकाशित २०७६ फागुन ५ सोमबार
corona-virus.jpg

एजेन्सी। पाकिस्तानको अबोटाबादमा कोरोना भाइरसबाट संक्रमित बिरामी फेला परेको छ। ओसामा बिन लादेनलाई मारिएको शहर हो अबोटाबाद। भर्खरै चीनबाट फर्केका मानिसमा कोरोनाको संक्रमण देखिएको हो।

पाकिस्तान शासित काश्मिरस्थित गिलगिट-बालतिस्तान निवासी मानिसको अबोटाबादस्थित अयुब मेडिकल अस्पतालमा उपचार भैरहेको छ।

चीनको वुहानबाट फैलिएको कोरोना भाईरसले अहिलेसमम करिब १७ सयको ज्यान गैसकेको छ। नेपाल सरकारले वुहानमा रहेका १ सय ७५ नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याईसकेको छ। उनीहरुलाई अहिले क्वारेन्टाईनमा राखिएको छ।

पाकिस्तानस्थित चीन-पाकिस्तान आर्थिक करिडोरको निर्माण क्रम रोकिएको छैन्। चीनबाट व्यवसाय र कामका लागि चिनियाँहरु पाकिस्तान निर्वाध रुपमा आवत-जावत गरिरहेका छन्।

पाविस्तान शासित काश्मिरबाट उक्त भाईरस काश्मिर हुँदै भारत छिर्न सक्ने आशंका गरिएको छ। चीनबाट पाकिस्तान आउने कर्ममा कुनै रोकटोक नहुँदा उक्त भाईरस कुनै पनि समय पाकिस्तान हुँदै भारत छिर्ने भन्दै सतर्कता अपनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ