arrow

जब विक्की कौशलले सुटिङको सेटमै गरे वास्तविक भूतको सामना

हरोहर फिल्महरूदेखि नडराउनेसँग अभिनेताको जलन

logo
प्रकाशित २०७६ फागुन ५ सोमबार
vicky_kaushal.jpg

काठमाडौं ।  बलिउड अभिनेता विक्की कौशलको आगामी फिल्म 'भूत: द होन्टेड शिप' चाडै रिलीज हुदैछ। विक्कीले भूतको फिल्ममा काम गरेपनि वास्तविक जीवनमा उनी भूतहरूदेखि डराउँदछन्। फिल्म रिलीज हुनु अघि विक्कीले सेटमा एक अनौंठो घटना बारे उल्लेख गरेका छन् ।

उनले भने, 'एक पटक सुटिङको क्रममा भर्याङ ममाथि खस्ने क्रममा थियो, तर अचानक भर्याङ मभन्दा ३ इन्चको टाढा दूरीमा रोकियो। सेटमा केहि थियो मलाई यस्तो लाग्यो जसलाई हाम्रो कारणले समस्या भइरहेको छ, त्यसैले मैले बिन्ती गरे हामी तपाईंको बायोपिक बनाउँदैछौं, कृपया यसलाई राम्रोसँग हुन दिनुहोस, त्यसपछि सेटमा कुनै त्यस प्रकारका घटना भएनन्, न त कुनै डरलाग्दो अनुभव भयो। '

विक्कीका अनुसार उनी हरोहर फिल्महरूसँग डराउँछन् र यसमा भने कुनै तरिकाले काम गर्ने हिम्मत जुटाए । विकी आफ्नो डरको अन्त्य गर्न चाहन्छन्। साथै उनलाई हरोहर फिल्महरूदेखि नडराउनेसँग जलन पनि हुन्छ ।

यद्यपि भूतसंग बाहेक, विक्की पानीसँग पनि डराउछन् । विक्कीले खुलासा गरे उनीलाई पानी फोबिया छ, जुन चलचित्रमा काम गरिसकेपछि अलि कम भएको छ।

उनले भने, 'यस फिल्म भन्दा पहिले मलाई पानी फोबिया थियो, जुन फिल्मको सुटिङपछि केही हदसम्म कम भएको छ। मैले २५ फिट गहिरो पौडी खेल्ने पोखरीमा पौडेर आनन्द लिए , तर जुन दिन म राती स्कूबा डाइभिंग गर्न सक्छु र त्यो पनि केवल पौंडी पोखरीमा नभई समुद्रमा त्यस दिन मात्र मलाई लाग्नेछ कि मैले पानीबाट आफ्नो डरलाई जितेको छु। '

भानु प्रताप सिंह निर्देशित 'भूत: द होन्टेड शिप' २१ फेब्रुअरीमा रिलीज हुँदैछ। फिल्ममा भूमि पेडनेकर र आशुतोष राणा पनि छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ