arrow

लिबियाको विषयमा ट्रम्पको चासो

logo
सिन्ह्वा,
प्रकाशित २०७६ फागुन ५ सोमबार
trump15.jpg

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्किस् राष्ट्रपति रिसेप तैयपएर्डाोगानबीच हालैका दिनहरुमा सिरिया र लिबियामा बढ्दो द्वन्द्वलगायतका विषयमा कुराकानी भएको समाचारमा जनाइएको छ। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति ट्रम्प र टर्किस् राष्ट्रपति एर्डाोगानबीच शनिबार विषयमा उक्त कुराकानी भएको आइतबार जानकारी दिएको छ। त्यस फोनवार्ताका क्रममा पछिल्लो समयमा सिरियाको इद्लिबमा भएको हिंसाबारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चासो व्यक्त गरेका थिए। 

इद्लिब प्रान्त पछिल्लो समयमा सिरियाका विद्रोहीहरुको कब्जामा रहेको छ। उनीहरुले केही समय आफ्नो कब्जामा लिएको उक्त क्षेत्रलाई सिरियाली सेनाले फिर्ता ल्याएको थियो। तर पछि विद्रोहीहरुले कब्जामा लिएका थिए। ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्तिअनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियामा जारी रहेको हिंसाको राजनीतिक समाधानका लागि पहल गर्न र त्यस पक्षमा वातावरण निर्माण गर्न टर्किस् राष्ट्रपति एर्डोगानलाई आग्रह गरेका थिए।

त्यस अवसरमा उनीहरुबीच सिरिया र लिबियामा पछिल्लो समयमा देखा परिरहेको संटकको समाधानका लागि आवश्यक वातावरण निर्माण गर्ने विषयमा कुराकानी केन्द्रित भएको थियो। यसअघि गत शुक्रबारमात्र सिरियाका कम्तीमा पनि ६३ जना सैनिक मारिएको टर्कीले जनाएको थियो। टर्कीको सेनाले गरेको रक्षात्मक कारबाहीका क्रममा ती सैनिक मारिएको टर्कीको रक्षा मन्त्रालयले जानकारी दिएको थियो।

तर इदलिबमा मारिएका ती सैनिकको विषयमा रुसले भने आशङ्का व्यक्त गरेको थियो। सिरियाली सैनिक टर्कीको कारबाहीमा नमारिएको रुसको भनाई थियो। पछिल्लो समयमा टर्कीले सिरियाको इलिबमा आक्रामक रुपमा कारबाही जारी राखेको छ। त्यसक्रममा सिरियाले पनि टर्कीका सैनिकतर्फ आक्रमण गरेको जनाइएको छ। साथै यस कारबाहीका क्रममा सिरियाली सैनिकहरु पनि मारिएको प्राप्त समाचारमा जनाइएको छ। यसका कारण पछिल्लो समयमा सिरियाको इदलिब क्षेत्रमा तनाव उत्पन्न भइरहेको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ