arrow

दश वर्षदेखि निरन्तर विभिन्न शहर तथा स्थलहरुको सरसफाई

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ फागुन ५ सोमबार
sarsafai.JPG

जनकपुरधाम । प्रदेश नम्बर दुईका  मुख्यमन्त्री लालबाबु राउतले सफाई अभियानमा प्रदेश सरकारले सहयोग गर्न तयार रहेको बताएका छन् । सोमबार भेटघाट गर्न आएका नेवा लहना विश्व सरसफाईका अभियानकर्ताहरुलाई मुख्यमन्त्री राउतले सरसफाईलाई अभियानकै रुपमा अघि बढाउनको लागि आग्रह  गरेका छन् ।

प्रदेश सरकारले सरसफाईलाई प्राथमिकतामा राखेर अघि बढिरहेको मुख्यमन्त्री राउतले बताए ।  माघ १३ गतेदेखि महाकाली नगरपालिकाबाट सरसफाई सुरु गरेर नेपालगंज, सुर्खेत, धनगढ़ी , महेन्द्रनगर र भेलौड़ी हुँदै काठमाण्डौ फर्केको थियो ।

फागुन ४ गतदेखि १४ जनाको समूह धरानबाट इटहरी , विराटनगर, लहान, राजविराज हुँदै १३ जना सफाई अभियानकर्ताहरुको समूह जनकपुरधाम आई पुगेका हुन् ।

४५ दिने यो अभियानमा १५-१५ जनाको समूह बनाएर सफाई अभियानलाई अगाडी बढाइएको छ । मेची महाकाली सफाई यात्रा अन्तर्गत गएको दश वर्षदेखि अभियानकर्ताहरुले विभिन्न शहर र स्थलहरुमा सरसफाईको कार्यलाई निरन्तरता दिदै आएका छन् ।

२०६७ भदौमा कीर्तिपुरमा एकै पटक साढे ५ हजार महिलाको सहभागितामा सफाई गरेर कीर्तिमान कायम गरिएको थियो । सफाई गर्दै आएकी सफाई अभियानकर्ता सुशिला आफ्नो २२ वर्षका छोरा मसिससँगै जनकपुरधाममा सफाई गर्न आएकी छन्।

यस अघि सफाइ गर्न ४ पटक जनकपुरधाम आइपुगेकी सुशिला यस पटक भन्ने जनकपुरधामको सफाईबाट सन्तुष्ट छिन् ।  जनकपुरधाममा दुई दिन सफाई अभियान संचालन गरि सोमबार नै उनीहरु वीरगंजतर्फ  प्रस्थान गरेका छन्। जनकपुरमा जनक चौक, राम चौक र जानकी मन्दिर सफा गर्ने कार्यक्रम रहेका छन् ।

१३ जनाको समुहमा टीम लीडरको रुपमा राजमान मानव, शुशीला महर्जन, मसिश महर्जन, बेन महर्जन, राजेन्द्र महर्जन, सुदीप प्रधान, यूसन महर्जन, महेश कुमारी महर्जन, सुषमा महर्जन, रंजना प्रधान, सुमित्रा महर्जन, छ्ल कुमारी महर्जन र केसराम महर्जन सफाइमा लाग्नुभएकोछ । सो अवसरमा प्रदेशसभा सदस्य रामअशिष यादव लगायतको उपस्थिति थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ