arrow

गैडा संरक्षण गोल्डकप : उदघाटन खेलमा हिमालयन शेर्पा विजयी

logo
प्रकाशित २०७६ फागुन ५ सोमबार
rinois.JPG

सन्जय भट्टराई, नवलपुर । राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उदघाटन खेलमा हिमालयन शेर्पा क्लबले विजयी सुरुवात गरेको छ ।

मध्यविन्दु-२ स्थित राईनो मैदानमा आयोजित पहिलो खेलमा हिमालयन शेर्पा क्लब ले बिरगंज युथ एकेडेमीलाई ५-१को गोल अन्तरले पराजित गरेको हो ।

हिमालयन शेर्पाका  लागि त्रिदेव गुरुङ, सुरज हमाल, विकाश राई, विदेशी खेलाडी स्टेफेन र  मानबहादुर तामाङले गोल गरेका थिए भने बिरगंज युथ एकेडेमीको लागि एक मात्र गोल कृष्ण शाक्यले  फर्काएका थिए ।

विश्वकै दुर्लभ एक सिङ्गे गैडाको संरक्षणमा टेवा पुर्याउनु बिगत १० वर्ष देखि आयोजित राईनो गोल्डकप प्रतियोगिताको पाँचौ संस्करण  आज बाट सुरु भएको हो ।

आज एक विषेश समारोहका बिच मध्यविन्दु नगरपालिकाका नगरप्रमुख चन्द्रबहादुर रानाले प्रतियोगिताको उदघाटन गरेका थिए ।

खेलमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको टिम,  जिल्ला सहित ‘ए’ डिभिजनका फुटबल क्लबहरु गरी १२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।  
 प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख र शिल्ड तथा ट्रफी पुरस्कार पाउनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ