arrow

श्रीकृष्णको नीतिका कारण अर्जुनबाट बचेका थिए युधिष्ठिर

logo
प्रकाशित २०७६ फागुन ५ सोमबार
mahabharat11.jpg

काठमाडौं । महाभारतको युद्धमा कर्णले युधिष्ठिरलाई पराजित गरेपछि घाइते भएका उनलाई उपचारका लागि सहदेवले छाउनीमा लगेका थिए । यो कुरा थाहा पाएका अर्जुन युधिस्ठिरलाई भेट्न गएका थिए । युधिष्ठिरलाई भने अर्जुन कर्ण मारेर भेट्न आए भन्ने भान भयो । तर, जब उनलाई कर्ण अझै जीवित छन् भन्ने थाहा भयो, त्यसपछि उनले अर्जुनलाई हप्काए ।

यसै क्रममा उनले अर्जुनलाई आफ्नो शस्त्र अर्को कुनै व्यक्तिलाई दिन भने । यो सुनेर रिसाएका अर्जुनले युधिष्ठिरलाई मार्न तरबार उठाए । आफ्नो शस्त्रको अपमान गर्ने जो कोहीलाई पनि मार्ने अर्जुनको प्रतिज्ञा थियो । आफ्नो प्रतिज्ञा पूरा गर्न उनले युधिष्ठिरलाई मार्न तरबार उठाएसँगै श्रीकृष्णले उनलाई रोकेका थिए ।

तब अर्जुनले श्रीकृष्णलाई आफ्नो प्रतिज्ञा पनि पूरा हुने र दाजुको हत्याको अपराधबाट पनि बच्ने उपाय सुल्झाउन आग्रह गरेका थिए । श्रीकृष्णले मानिसलाई जतिबेलासम्म सम्मान मिल्छ, त्यतिबेलासम्म जीवित रहेको मानिने भन्दै युधिष्ठिरको अपमान गर्नका लागि सुझाएका थिए ।

श्रीकृष्णको कुरा मानेर अर्जुनले युधिष्ठिरलाई कटुवचन बोलेका थिए । युधिष्ठिरलाई कठोर बचन बोलेका अर्जुन निकै उदास बनेका थिए । साथै उनले आत्महत्याको लागि तरबार उठाएका थिए । त्यत्तिकैमा श्रीकृष्णले उनलाई रोक्दै आफ्नो प्रशंसा आफैंले गर्न सुझाएका थिए ।

यसो गरे आफूले आफ्नै हत्या गरेको जस्तो हुने उनको भनाइ थियो । अर्जुनले पनि त्यसै गरे । यसरी श्रीकृष्णले धर्म ज्ञान र आफ्नो लीलाको माध्यमबाट युधिष्ठिर र अर्जुन दुवैको प्राण् बचाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ