arrow

सुदुरपश्चिममा पहिलो पटक कोइला उद्योग स्थापना

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ फागुन ५ सोमबार
coal-factory-province7.jpg

कंचनपुर। स्थानीय उद्योगहरुको लागि उर्जा उत्पादन गरि स्वदेशी पुँजी विदेश पलायन रोक्दै अर्थतन्त्र दरिलो पार्न कन्चनपुरका युवा ब्यबसायीले सुदुरपश्चिममा पहिलो पटक जैविक कोइला उत्पादन गर्ने उद्योग स्थापना गरेका छन्।

पश्चिम नेपालको कंचनपुर स्थित दाउत तामाङ्ग र रमेश बिष्टले पुनर्वास नगरपालिका २ दशरथबस्तीमा रियान बायो विक्रेट उद्योग संचालनमा ल्याएका छन्। ६० लाखको लगानीमा सुदुरपश्चिममा पहिलो पटक स्थापना गरिएको जैविक कोइला उत्पादक उद्योगले सुदुर पश्चिमका इटा उद्योगहरुका लागि इन्धन आपूर्ति गर्ने लक्ष्य लिइएको रियान बायो विक्रेट उद्योगका संचालक दाउत तामाङ्गले बताए।

आइतबार देखि विधिवत रुपमा संचालनमा आएको उक्त जैविक कोइला उत्पादक उद्योगले सुदुरका ७० वटा इटा उद्योगहरुलाई इटा पकाउने ईन्धन आपूर्ति गर्ने भन्दै महत्वका साथ् हेरिएको छ। सुदुर पश्चिममा संचालनमा रहेका ७० वटा इँटा उद्योगले अहिले भारतबाट कोइला आयात गरेर इँटा उत्पादन गर्दै आएको पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका महाकाली इटा ब्यबसायी संघ दक्षिण बेल्टका अध्यक्ष कृष्णबहादुर तामांगले बताए।

कन्चनपुरको दक्षिणी क्षेत्रमा संचालनमा आएका चिनी उद्योगहरुबाट निस्कने मलका रुपमा प्रयोग गरिने धुलोबाट कोइला उत्पादनको प्रयास सुदुर पश्चिममै पहिलो रहेको छ। सुरुमा २ /४ वटा इँटा उद्योग लाइ इन्धन आपूर्ति गर्ने लक्ष्यका साथ् जैविक कोइला उत्पादनको काम सुरु गरिए पनि ३ वर्ष भित्र सुदुरका सबै ईटा उद्योगहरु लाई इन्धन आपूर्ति गर्ने लक्ष्य बनाइएको उद्धमी दाउत तामाङ्गले बताए।

आइतबार भागेश्वर सुगर मिलका संचालक टेकबहादुर बोगटीले रिवन काटेर उद्घाटन गरेको जैविक कोइला उद्योगको उद्घाटनका अबसरमा पुनर्वासका उध्योगपतीहरुको बाक्लो उपस्थिति रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ