arrow

अमेरिकन आइडलमा छाए दिवेश पोखरेल, निर्णायकद्धारा प्रशंसैप्रशंसा  

logo
प्रकाशित २०७६ फागुन ६ मंगलबार
diwesh-pokharel-american-id.jpg

काठमाडौं । अब नेपाली गायकका लागि अमेरिकन आइडलको फोरम पनि टाढाको विषय रहेन । नेपाली एक युवक नेपाली युवक अमेरिकन आइडलमा छानिएसंगै उनको चर्चा चुलिएको छ । 

अमेरिकन आइडलको १८ औं संस्करणमा दिवेश पोखरेल उत्कृष्ट २० मा छानिएका छन् ।

त्यतिमात्र होइन काठमाडौंका दिवेशले निर्णायकबाट प्रशंसा पनि उत्तिकै पाएका छन् । निर्णायकहरु केटी पेरी, लियोनल रिची र लुक ब्रायनले दिवेशको गायनको उच्च तारिफ गरेका हुन् ।

अडिसनकै क्रममा ब्रायनले सबैभन्दा प्रशंसा गरेका हुन् । निकै कन्फिडेन्ट देखिएका दिवेशलाई ब्रायनले भने, ‘मलाई लाग्छ कि अमेरिकन आइडललमा हामीसँग अहिलेसम्म भएकामध्ये यो ठूलो तारा हुनसक्छ ।’

लियोनल रिची स्टेजमै आएर दिवेशलाई अंकमाल गरे । केटी पेरीले भनिन्, ‘तिमी रकस्टार हौं ।’ 

दिवेशले अमेरिकामा मात्र होइन विभिन्न देशका प्रतिभावान बीच भिडन्त हुने शोमा अडिसन राउन्डबाटै ‘हलिउड पर्फमेन्स’ को अनुमति पाएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ