arrow

आईपीएल: पञ्जाब बिरुद्ध कोलकाताको सहज जित

logo
प्रकाशित २०७३ वैशाख ७ मंगलबार
Robin_Uthappa.jpg.jpeg
काठमाडौं। कोलकाता नाईटराईडर्सले किंग्स ईलेवन पञ्जाबलाई ६ विकेटले पराजित गरेको छ। 
 
टस हारेर पहिले बयाटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा १३८ रन बनाएको थियो। पञ्जाबकालागि शन मार्शले ५६* रन बनाएका थिए। मुरली बिजयले २६ रनको योगदान दिएका थिए। 
 
पञ्जाबकालागि केल अबोटले १२ रन बनाएका थिए भने बाँकी कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। कोलकाताका मोर्ने मोर्केल र सुनिल नारायणले २-२ विकेट लिएका थिए।
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको कोलकाताले १७.१ ओभरमा ४ विकेट गुमाउँदै १३९ रन बनाएको थियो। रोबिन उथप्पाले ५३ र गौतम गंभिरले ३४ रन बनाएका थिए। पञ्जाबका परविन साहु र अक्षर पटेलले २-२ विकेट लिएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ