arrow

वाइवाइ ग्लोकल टिन हिरो इन्डिया २०२० को आवेदन सुरु

logo
प्रकाशित २०७६ फागुन ६ मंगलबार
Glocal-Teen-Hero-India-Laun.jpg

काठमाडौं। किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई  गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाईवाई ग्लोकल टिन हिरो’ ग्लोकलले आयोजना गरेको एक कार्यक्रम हो । यस मञ्चले किशोर किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने छ । 

यसैबीच ग्लोकल टीन हिरो इन्डियाको दोस्रो संस्करण सञ्चालन भएको छ । दोस्रो संस्करणको घोषणा गरिएसँगै ग्लोकल एवं सीआइडीए (भारतीय पार्टनर) दुबै पक्षले खुशी ब्यक्त गरेका छन् । ग्लोकल र भारतिय राजदुताबासले काठमाडौं स्थित होटल सोल्टी क्राउन प्लाजामा एक कार्यकम्र आयोजना गरेर वाईवाई ग्लोकल टीन हिरो इन्डिया को दोस्रो सस्करन संञ्चालको घोषणा गरेको छ । 

समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रामिङ्ग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगायत विभिन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्शाएका प्रतिभावना किशोर किशोरीहरुले अनलाइन मार्फत आवेदन भर्न सक्ने छन् । 

वाईवाई ग्लोकल टिन हिरो एक यस्तो मञ्च हो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्छ । यस उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहन गरी उनीहरुलाई संसारमाझ चिनाएर अरु किशोर किशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उद्देश्य रहेको छ ।

२०१९ मा ग्लोकल टीन हिरो बाट बिभिन्न क्षेत्रका भारतीय किशोर किशोरिहरु सम्मानित भएका थिए । ग्लोकल टीन हिरो इन्डियाको पहिलो विजेता युवा नवप्रवर्तक, कम्प्युटरमा रुची राख्ने मोनिश्वरन महेशवरन बनेका थिए । त्यस्तै उध्यमी रुपम घोश, ‘झुटपाट लजिस्टिक’का लक्ष्य चब्र, के स्टारका संस्थापक एवम नवप्रबर्तक कुनाल चन्दिरामनी, सामाजिक अभिएन्ता कौशल गोहिल तथा युवा वातावरण विद् गर्विता गुल्हाटी पनि सम्मानित भएका थिए ।

प्रतिभावन किशोर किशोरीलाई एउटै मन्चमा ल्याउने लक्ष लिएको ग्लोकल टीन हिरोले टाइटल स्पोन्सरको रुपमा नेपालका लागि वाईवाई र  इन्डियन पार्टनरको रुपमा सीडीवाइए रहेको छ ।

‘हामी नेपालबाट मात्र नभइ दक्षिण एसियाली राष्ट्रहरुबाट पनि प्रतिभावान किशोरकिशोरीहरु पहिचान गरी उनीहरुको प्रतिभालाई विश्वमाझ चिनाउन अग्रसर रहेका ग्लोकलका संस्थापक आशिष ठाकुर बताए।

पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तरवार्ता र दस्ताबेज समिक्ष्याको आधारमा ग्लोकल २०अण्डर२० को घोषणा गरिने आयोजकले जनाएको छ । त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ठ ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्शनको मापनको लागि अन्तर्वाता हुनेछ र २०२० को बिजेता घोषणा गरिने छ ।

ग्लोकल टीन हिरो इन्डिया २०२० को पुरस्कार समारोह ४ जुन २०२० मा पुनेमा राजनीतिज्ञ, फिल्म कलाकार, उद्यमशील व्यक्तित्व, युवा नेताहरु गरी इन्डियाका २५० प्रख्यात व्यक्तित्वहरुको उपस्थितिमा हुन लागेको हो ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ