arrow

च्याम्पियन्स लिगमा लिभरपुल र पिएसजी मर्माहत  

logo
प्रकाशित २०७६ फागुन ७ बुधबार

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगका खेलहरु शुरु भएका छन् । 

इंगलिश क्लब लिभरपुल र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजी पहिलो खेलमै मर्माहत भएका छन् । लिभरपुल पहिलो लेगमा स्पेनिश क्लब एट्लेटिको मड्रिडसंग पराजित भयो । 

मंगलबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुललाई घरेलु टोली एट्लेटिकोले १–० गोल अन्तरले हराएको हो ।

साउल निगुएजले खेलको चौथो मिनेटमा गरेको गोल एट्लेटिकोलाई जिताउन पर्याप्त रह्यो ।

लिभरपुलले खेलमा दुई राम्रा गोलको अवसर प्राप्त गरेको थियो । तर मोहमद सलाहा र जोडन हेन्डरसन गोलमा चुकेका थिए ।

मुख्य प्रशिक्षक योर्गेन क्लोपले साडियो माने र सलाहाको स्थानमा डिभोक ओरिजी र एलेक्स ओक्सलेड चेम्बरलेनलाई मैदान उतारेपनि खेलमा प्रभाव देखिएन ।

दोस्रो लेगको खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा मार्च ११ मा हुनेछ ।

बोरुसिया पीएसजी भिडन्त

अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले फ्रेन्च क्लब पीएसजीलाई हरायो । मंगलबार राति भएको खेलमा डर्टमण्डले पीएसजीलाई २–१ गोल अन्तरले हराएको हो ।

गत जनवरीमा जर्मन क्लब डर्टमण्ड आएका ईर्लिङ हालाण्डले च्याम्पियन्स लिगमा समेत गोल गर्ने गतिलाई निरन्तरता दिएका छन् ।

पहिलो हाफ दुवै टोलीले गोल रहित बराबरी खेलेका थिए । १९ बर्षका नर्वेजियन खेलाडी हालाण्डले दोस्रो हाफमा दुवै गोल गरेका हुन् । पीएसजीका नेयमारले एक गोल फर्काए पनि बराबरीसम्म हारबाट जोगाउन सकेनन् । 

दोस्रो लेगको खेल पीएसजीको घरेलु मैदानमा मार्च ११ मा हुनेछ ।

बुधबार रातिका खेल
बुधबार राति पनि दुई खेल हुनेछन् । एटलान्टाले भ्यालेन्सियासंग र टोटनह्याम हट्सपरले लेप्जिगसंग खेल्नेछ । दुवै खेल राति १ः४५ बजे शुरु हुनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ