arrow

कोरोना भाइरसले दुई हजार भन्दा बढीको मृत्यु, ७५ हजार संक्रमित

logo
प्रकाशित २०७६ फागुन ७ बुधबार
corona-patient.jpg

काठमाडौं । चीनको वुहानबाट गत डिसेम्बर अन्तिमदेखि फैलिन थालेको कोरोना भाइरस (कोभिड–१९) ले मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । 

मृतकमा ६ जना बाहेक सबै चीनमा मरेका हुन् । कोरोनाबाट ७५ हजार भन्दा बढी संक्रमित रहेका छन् । 

संक्रमित मध्ये १ हजार जना चीन बाहिरका हन् । हङकङमा २ जनाको मृत्यु भएको छ भने ६२ संक्रमित छन् । अन्य मृतकहरु पिलिपिन्स, जापान, ताइवान र फ्रान्समा एक एक जना हुन् । 

नेपालमा भने अहिलेसम्म एक जना मात्र संक्रमित भेटिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ