arrow

'प्रजातन्त्र गणतन्त्रको पहिलो खुडकिलो'

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ फागुन ७ बुधबार
democrectic.JPG

जनकपुर । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले प्रजातन्त्र दिवस संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो खुडकिलो रहेको बताएका छन् ।

७० औ प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारले बुधबार जनकपुरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले प्रजातन्त्र एवं संघीय लोकतान्त्रिक गणतन्त्रको लागि वलिदान दिएका सयौ वीर शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनको विर योद्धाहरु प्रति सम्मान समेत प्रकट गरेका छन ।

लोकतन्त्रको उच्चतम विन्दु संघीय लोकतान्त्रिक गणतन्त्र आइ सकेको अवस्थामा विर शहीद एवं योद्धाहरुले देखेको समृद्धि र विकासको सपना पुरा गर्ने जिम्मा जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुको काँधमा आएको बोल्दै मुख्यमन्त्री राउतले इमान्दारिताका साथ काम गर्नु आजको आवश्यका रहेका बताए ।

मुख्यमन्त्री राउतले विभिन्न आन्दोलनको क्रममा लगाईका झुठा मुद्दाका कारण जेल जिवन यापन गरि रहेका योद्धाहरुको मुद्दा फिर्ता लिन संघीय सरकार संग आग्रह समेत गरेका हुन् । कार्यक्रममा प्रदेश प्रमुख तिलक परियारले प्रमुख अतिथिको आसन बाट झण्डोतोलन गरेका थिए ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय, समाजिक विकास मन्त्री नवल किशोर साह, प्रमुख सचिव रामकृष्ण सुवेदी, सहितका उपस्थिति रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ