arrow

नघटेको सुनील शेट्टीको स्ट्याटस, चलाउँछन् करोडौंको व्यापार

logo
प्रकाशित २०७६ फागुन ७ बुधबार
sunil-setthu.jpg

काठमाडौं । लामो समयदेखि सुनील शेट्टी फिल्मभन्दा टाढा छन् । तर, सन् २०२० मा उनका ३ फिल्ममा देखिदै छन् । २ तमिल र एक हिन्दी फिल्म रहेका छन् ।  जसमध्ये एक फिल्म  रिलिज भइसकेको छ । दक्षिण भारतीय सुपरस्टार रजनीकांतको फिल्म 'दरबार' मा  सुनील शेट्टी भिलेनको रुपमा थिए ।

अहिले उनी ५८  वर्ष पूरा भएका छन् । ९० को दशकका हिट हिरो बनेका शेट्टीले अहिलेसम्म १ सय १० फिल्ममा काम गरिसकेका छन् ।
 
उनको फिल्मी करियरमा केही उतारचढाव आए पनि उनले व्यवसायमा भने सधैं सफलता हात लागेको छ । उनको रेष्टुरेन्ट र कपडाको व्यापार छ । उनको पत्नीको पनि डेकोर सेन्टर छ ।

सन् २००१ मा आएको फिल्म धड्कनमा सुनीललाई वेस्ट भिलेनको फिल्म फेयर अवार्ड मिलेको थियो । तर, बिस्तारै उनको फिल्मी करियर कमजोर बन्दै गएको थियो ।

अहिले उनी आफ्नो व्यापारमा ध्यान दिइरहेका छन् । उनको एक प्रोडक्सन हाउस पनि छ । साथै उनको एक अनलाइन भेन्चर पनि छ । यहाँबाट नयाँ प्रतिभाको खोजी गरिन्छ ।

सुनील सानोमा भारतीय क्रिकेट टोलीबाट क्रिकेट खेल्ने सपना देख्थे। तर, उनले फिल्मी क्षेत्रमा करियर बनाए । उनी रोयल इन नामको रेष्टुरेन्ट चेन चलाउँछन् । दक्षिण भारतमा उनले रेष्टुरेन्टको विशेष चर्चा हुने गरेको छ । यति धेरै व्यवसाय सञ्चालन गर्दा पनि उनी आफ्नो शारीरिक व्यायाममा भने विशेष ध्यान दिने गरेका छन् । उनले फिटनेश रियलिटी शो ‘इन्डियाज असली च्याम्पियन है दम’ होस्ट गरिसकेका छन्।

फिटनेशको मामिलामा पनि सुनील शेट्टी युवाभन्दा पनि अगाडि छन् । उनको कम्मर केवल २८ इन्टको छ । उनी पछिल्लो २५ वर्षदेखि यही नापको जीन्स लगाउँदै आएका छन् । उनी त्यसका लागि निकै रुटिन पछ्याउँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ