arrow

विकृति विसंगति अन्त गर्न प्रदेश सरकार तत्पर

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ फागुन ७ बुधबार
pradesh-22.jpg

जनकपुर । प्रदेश नम्बर दुई का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश भित्रको विकृति विसंगतिलाई अन्त गर्न प्रदेश सरकार तत्पर रहेको बताएका छन्।

रौतहटको मौलापुरमा मंगलबारबाट शुरु भएको मधानी महायज्ञको उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले विकृति विसंगतिकै कारण प्रदेश मानव विकास सुचकांकमापछि परेको हुँदा त्यसलाई अन्त्य गर्दै समृद्धिको बाटोमा अग्रसर हुन प्रदेश सरकारले कदमहरु अघि बढाई सकेका बताए ।

मौलापुरका मेयर रिना साहको अध्यक्षतामा भएको उक्त उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले प्रदेश सरकार विकृति विसंगतिको अन्त गर्दै समाजिक एकरुपताका लागि महिला, दलित र मुश्लिम वर्गको लागि विषेश कार्यक्रमहरु संचालन गरेका बताए ।

मुख्यमन्त्री राउतले  प्रदेश सरकारको यस कदममा राष्ट्रपति ज्यूको विशेष सहयोग रहेको धन्यवाद दिदै प्रदेश सरकारले चालेको कदमहरु थप सहयोगको अपेक्षा समेत गरे ।

मधानी महायज्ञको सहभागीताले नेपाल बहुराष्ट्रिय, बहु्साँस्कृति, बहुधार्मिक र बहुजातिय मुलुक रहेको बोल्दै मुख्यमन्त्री राउतले यसले विभिन्न जात जाति विचको एकता र सम्प्रदायिक सहिष्णुता झल्काएको बताएका छन्।
 
मौलापुरमा भेटिएको एतिहाँसिक पुरातात्विक महत्वको शिव मन्दिरले यस क्षेत्रको विगतको समद्धिलाई झल्काएको आफ्नो तर्क राखदै मुख्यमन्त्री राउतले यस्ता पुरातात्विक महत्वका धरोहरहरुको संरक्षण सम्बद्र्धनमा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता समेत जनाए।

कार्यक्रमका उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । कार्यक्रमको उद्घाटन अघि राष्ट्रपति भण्डारीले पुरातात्वि शिव मन्दिर पुगेर विशेष पुजा अर्चना समेत गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ