arrow

माधुरीको कानमा प्रेमका भाका गुनगुनाउथे सञ्जय दत्त

logo
प्रकाशित २०७६ फागुन ७ बुधबार
sanjay-madhuri.jpg

काठमाडौं । सञ्जय दत्त र माधुरी दीक्षितलले २१ वर्षपछि  ‘कलंक’ फिल्ममा स्क्रिन शेयर गरे । ८० को दशकमा सञ्जय र माधुरीको जोडी सिल्वर स्क्रिनमा हिट भएको थियो ।

 फिल्ममा काम गर्दागर्दै उनीहरुको अफेयरको समाचार पनि आएको थियो । माधुरी र सञ्जयले कहिल्यै पनि यो सम्बन्धलाई स्वीकार गरेनन् । तर, पूरै बलिउडमा उनीहरुको यो सम्बन्धको समाचार फैलियो ।
 
एक अन्तर्वार्ताको क्रममा माधुरीले सञ्जय दत्त निकै राम्रो साथी रहेको बताएकी थिइन् । एउटा किताबका अनुसार सञ्जय र माधुरीका फिल्म निर्देशकले भने सञ्जय सधैं माधुरीको वरीपरी घुम्ने र उनको कानमा आई अभ यू' भन्ने गरेको बताएका थिए ।

 सन् १९९३ मा सञ्जय जेलबाट केही समयका लागि बाहिर आउँदा उनले माधुरीसँग कुनै सम्बन्ध नरहेको बताएका थिए ।  सञ्जयले जुन फिल्ममा काम गर्दा पनि नायिकासँग आफ्नो नाम जोडिने गरेकोमा दुःख पनि व्यक्त गरेका थिए । साथै उनले गलत हल्ला चलेकोमा माधुरीसँग माफी पनि मागेका थिए ।
 
फिल्म निर्माता सुभाष घईले एक अन्तर्वातामा सञ्जय दत्तले कहिल्यै पनि माधुरीसँग विवाह नगर्ने बताएका थिए । उनका अनुसार सञ्जय दत्त आफ्नी पत्नी पनि फिल्मी क्षेत्रमा काम गरेको होस् भन्ने चाहँदैन थे ।

सञ्जयले सन् १९८७ मा रिचासँग विवाह गरेका थिए । रिचाले सञ्जयका लागि आफ्नो फिल्मी करियर पनि छाडेकी थिइन् । रिचा आफ्नो रोगको उपचारका लागि एकपटक अमेरिका गएकी थिइन् ।

 फर्केर आउँदा सञ्जयसँग माधुरीको हल्ला सुनिएको थियो । यस्तोमा उनीहरुको बीचमा कुरा बिग्रिएको थियो । सञ्जयले आफूले डिभोर्स नचाहेको बताएका थिए । रिचा पनि छुट्टेर बस्न चाहन्नथिन् ।

एक अन्तर्वार्तामा सञ्जय दत्तकी सालीले पनि यो मामिलामा माधुरी जिम्मेवार रहेको बताएकी थिइन् ।

श्रीमती क्यान्‍सरको उपचारको ३ बर्षमा फर्किदा प्रेम चर्चा

भारतीय निर्देशक राजकुमार हिरानीले सञ्जय दत्तको जीन्दगीलाई स्क्रिनमा उतारेका छन् । फिल्म ‘संजू’मा बाबाको जीवनको केही पाना देखाइएको छ । केही कुरा उनले किताबमा पनि उतारेका छन् । यसमा सञ्जय दत्तका दुई पत्नीको विषयमा भने त्यसमा उल्लेख गरिएको छैन ।

साथै उनकी कुनै पनि गर्लफेन्डको विषयमा कुरा गरिएको छ । सञ्जय  दत्त त्यतिबेला निकै चर्चामा थिए, जतिबेला माधुरी दीक्षितसँग उनको अफेयर्सको समाचार बाहिरिएको थियो ।  माधुरीले निर्देशक हिरानीलाई आफ्नो जीवनलाई चलचित्रमा नउतार्न अनुरोध गरेकी थिइन् ।

९० को दशकमा सञ्जय दत्त र माधुरी दीक्षितको प्रेमसम्बन्ध उत्कर्षमा पुगेको थियो । यो कुरा फिल्म संजूमा देखाइएको छैन । सञ्जयले सन् १९८७ मा रिचा शर्मासँग विवाह गरेका थिए । रिचाले सञ्जयका लागि आफ्नो फिल्मी करियर छाडेकी थिइन् । रिचालाई पछि क्यान्सर भएको पत्ता लागेको थियो ।

उनी आफ्नो उपचारका लागि ३ वर्ष अमेरिका गएकी थिइन् । भारत फर्किँदा माधुरी र सञ्जय दत्तको अफेयर्सको विषयमा चर्चा चलेको थियो । रिचाले यो कुरा सुनेर निकै दुःखी बनेकी थिइन् । उनले एक अन्तर्वार्तामा आफूले सञ्जय दत्त आफ्नो जीन्दगीमा फर्किएको हेर्न चाहेको बताएकी थिइन् ।

 यसैबीच रिचाकी बहिनी एनाले आफ्नी दिदीको विवाह छुट्नुमा माधुरी जिम्मेवार रहेको बताएकी थिइन् । उनले माधुरीमा मानवता नरहेको बताएकी थिइन् । उनले माधुरीले विवाहित पुरुषलाई चुनेर गल्ती गरेको उनको भनाइ थियो ।

सञ्जय दत्तले भने आफूहरुको बीचमा शुरुदेखि नै केही नरहेको बताएका छन् । उनले आफूलाई धेरै कुरा पनि थाहा नभएको तर उनी निकै मित्रवत् व्यवहारकी रहेको बताएका थिए । उनले आफ्नो पनि माधुरीसँग कुनै सीन होस् भन्ने चाहने गरेको बताएका थिए ।

दत्तकी दोस्रो  पत्नी मान्यता दत्त हुन् । उनि मुस्लिम परिवारबाट हुन् । पहिला मान्यताको नाम दिलनवाज शेख थियो । उनले बलिउडमा आएपछि सारा खान राखेकी थिइन् ।  फिल्म उद्योगमा यही नामबाट उनलाई पहिचान मिलेको थियो । प्रकाश झाको फिल्ममा आइटम नम्बरको काम गरेपछि उनले आफ्नो नाम मान्यता राखेकी थिइन् ।
 
मान्यता अहिले सञ्जय दत्त प्रोडक्शनकी सीईओ हुन् । अहिले उनी सञ्जय दत्तको सबै काम सम्हालिरहेकी छिन् । उनले गंगाजल फिल्ममा आइटम डान्स गरेकी थिइन् । मान्यताका पिता दुबईमा व्यवसायी थिए । उनको मृत्युपछि घर सम्हाल्ने जिम्मेवारी आएपछि उनले आफ्नो फिल्मी करियर छाडेकी थिइन् ।

मान्यताको एक तेस्रो दर्जाको फिल्मलाई सञ्जय दत्तले २० लाख भारुमा खरीद गरेका थिए । उक्त बैठकमा पहिलोपटक सञ्जय दत्त र मान्यताको भेट भएको थियो । मान्यता त्यसपछि बेलाबेलामा सञ्जय दत्तको घरमा गइरहने गर्थिन् । त्यतिबेला सञ्जय अर्की केटीसँग प्रेम सम्बन्धमा थिए । तर, पछि उनले मान्यतालाई साथ दिने निर्णय गरेका थिए ।

सन् २००८ मा उनले मान्यतासँग विवाह गरेका थिए । त्यतिबेला मान्यता २९ वर्षकी थिइन् । तर, सञ्जय दत्त ५० वर्षका थिए । दुवैको विवाहको लागि सञ्जयको परिवारले विरोध गरेका थिए । मान्यता सञ्जय दत्तकी छोरी त्रिशलाभन्दा केही वर्षमात्र जेठी थिइन् । सन् २०१० म मान्यताले जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ