arrow

कमल हसनको इण्डियन २ फिल्मको सुटिङमा दुर्घटना, ३ को मृत्यु, १० घाइते

logo
प्रकाशित २०७६ फागुन ८ बिहिबार
indian-2.jpg

काठमाडौं । भारतमा कमल हसनको फिल्मको सुटिङका क्रममा क्रेन दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

तमिलनाडुको तमिल भाषामा निर्माणाधीन फिल्म ‘इण्डियन २’ को सुटिङका क्रममा दुर्घटना भएको हो । 

दुर्घटनामा निर्देशक एस शंकरका निजी निर्देशक मधु, सहायक निर्देशक कष्णा र एक स्टाफ चन्दनको मृत्यु भएको छ । 

चेन्नईको नजिक नजरतपटस्थित एउटा निजी स्टुडियोमा सुटिङ भइरहेका बेला उक्त दुर्घटना भएको हो ।

बुधबार भएको उक्त दुर्घटनामा १० जना घाइते भएका छन् ।

अभिनेता कमल हसन भने सकुशल छन्। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

एक्सन थ्रिलर उक्त फिल्ममा कमल हसन र काजल अग्रवालको मुख्य भूमिका रहेको छ ।

फिल्म सन् १९९६ मा निर्माण भएको फिल्म ‘इण्डियन’ को सिक्वेल हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ