arrow

पुरानो सामसङ मोबाइल नयाँसँग एक्सचेन्ज अफर

logo
प्रकाशित २०७६ फागुन ८ बिहिबार
0.jpg

काठमाडौ। सामसङ प्रयोगकर्ताहरूले अब नयाँ सामसङ स्मार्टफोनको लागि आफ्ना पुरानो सामसङ स्मार्टफोनहरू एक्सचेन्ज गर्न सक्नेछन् । सामसङ मोबाईलका लागि आधिकारिक विक्रेता, आईएमएस ले आफ्ना अधिकांश आईएमएस स्मार्ट शोरूमहरूमा सामसङ एक्सचेन्ज सुविधा  ल्याएको छ । ग्राहकहरुले अब आफ्ना पुराना सामसङ स्मार्टफोनहरुमा राम्रो मूल्याङ्कन प्राप्तगर्न सक्ने कम्पनीले जनाएको छ। साथै यस सुविधामार्फत सामसङ स्मार्टफोन एक्सचेन्ज गर्न सक्नेछन।

यो योजनामा सहभागी हुनाक लागि ग्राहकहरूले आईएमएस स्मार्ट आउटलेटहरूमा गई आफ्नो पुरानो स्मार्टफोनको विवरण दिनु पर्नेछ ।कम्पनीले पुरानो स्मार्टफोनको उचित मूल्याङ्कन वेव पोर्टल मार्फत दिनेछ साथै एक्सचेन्ज फारम भर्न अनिवार्य छ। त्यसपछि ग्राहकहरूलेआफ्नो पुरानो सामसङ स्मार्टफोनको सट्टामा नयाँ सामसङ स्मार्टफोन छनौट गर्न सक्नेछन्।
तत्कालनि आईएमएस स्मार्ट शोरूमहरूमा एक्सचेन्ज सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ। 
१. न्यूरोड, पाको, काठमाडौं
२. रोयलसिङ्गीहोटेल आर्केड, कमलादी, काठमाडौं
३. पिपल्स प्लाजा, खिचापोखरी, काठमाडौं
४. अल्का अस्पतालनजिक, जावलाखेल, ललितपुर
५. शेर्पामल, दरवारमार्ग, काठमाडौं
६.पिपलबोटचोकको नजिक, बौद्ध, काठमाडौं
कम्पनीले क्रमशः निकट भविष्यमा अन्य स्थानहरूमा पनि सुविधा विस्तार गर्ने बताइएको छ।

आईएमएस समुह
आईएमएस समुह एक निरन्तर रुपमा सबैभन्दा चाँडै बढ्दै आएको संगठन हो जसको २० वटा भन्दा बढि कम्पनी रहेको छ ।आईएमएस, नेपालको लागि सामसङ स्मार्टफोनको राष्ट्रिय स्तरको विक्रेता हो ।नेपालमा पहिलो पटक सन् १९९८ मा आधिकारीक रुपमा मोवाइल आयात गर्ने पहिलो कम्पनी हो । विगत २७वर्षको अन्तरालमा यो कम्पनीविविध क्षेत्रहरुमा बढ्दै आईरहेको छ, यो कुरा आईएमएस समुहसंग आबद्ध कम्पनीको संख्याबाट स्पष्ट रुपमा देखिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ