arrow

म्यान्सिटीलाई रेलिगेशन क्षेत्रको न्यूकासलले रोक्यो

logo
प्रकाशित २०७३ वैशाख ८ बुधबार
Newcastle.JPG.jpeg
एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी बराबरीमा रोकिएको छ । मंगलबार राति रेलिगेशन क्षेत्रमा रहेको न्यूकासल युनाइटेडसंग १–१को बराबरीमा रोकिएसंगै उसलाई शीर्ष स्थानको लेस्टर सिटी र दोस्रो स्थानको टोटनह्याम हट्सपरसंग अंक दुरी कम गर्न घाटा लागेको छ । गएको सिजनमा खेलाडी किनबेचमा सबैभन्दा बढी खर्च गरेको सिटी सुरुवातमा शीर्ष स्थानमा रहँदा पछि ओरालो लागेको थियो । 
 
पछिल्लो समय सिटी लयमा आएपनि अपेक्षानुसारको प्रदर्शन गर्न सकेको छैन । सिटीका लागि खेलको १४औं मिनेटमा सर्जिओ एगुएरोले गोल गर्दै अग्रता दिलाए । यद्यपि, पहिलो हाफ अघि ३१औं मिनेटमा न्यूकासलका भुर्नोन अनिताले बराबरी गोल फर्काए । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् ।
 
बराबरी भएपनि सिटी ३४ अ‍ेलबाट ६१ अंक जोड्दै तेस्रो स्थानमा छ । शीर्ष स्थानको लेस्टरको समान खेलबाट ७३ अंक हुँदा दोस्रो स्थानको टोटनह्यामको ६८ अंक छ । वुधबार तीन खेल हुँदै छन् । वेष्टह्यामले वाट्फोर्ड, लिभरपुलले एभर्टन र म्यान्चेस्टर युनाइटेडले क्रिष्टल प्यालेससंग खेल्ने तालिका छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ