arrow

भृकुटीमण्डपमा जारी ब्राण्डेड मेलामा भिडभाड, सस्तोमा जुत्ताचप्पल किन्ने अन्तिम अबसर छोप्दै उपभोक्ता

logo
प्रकाशित २०७६ फागुन ८ बिहिबार
winter_footware_expo_2076_(2).jpg

काठमाडौं । राजधानीको भृकुटीमण्डप प्रवेशद्वारसँगैको चौरमा नेपालका प्रतिष्ठित जुत्ताचप्पल उत्पादकको प्रदर्शनीमा सर्बसाधारण उपभोक्ताको भिड बढ्दै गएको छ ।
 
मेलामा नेपालका चर्चित ब्राण्डहरु बिएफ डियर हिल सुज, रन सुज, शिखर सुज, ल्याण्डवाक र शुल्याडका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा आउने उपभोक्ता सस्तोमा जुत्ताचप्पल पाएपछि नलिइ कोही फर्केका छैनन, शिखर सुजकी संचालिका संगिता कडरियाले भनिन्, मेलामा असाधारण मूल्यमा ब्राण्डेड जुत्ताचप्पल उपलब्ध भएकाले सबैले मेलालाई जुत्ताचप्पल किनमेल गर्ने थलो बनाएका छन् । शिखर सुजले अरु बेला १ हजार रुपैयाँमा बेच्ने चप्पल मेलामा ५ सय रुपैयाँमै उपलब्ध गराइरहेको बताइन् ।

जुत्ताचप्पल मेलामा १ सय रुपैयाँदेखिका चप्पल र ५ सय रुपैयाँदेखिका जुत्ता उपलब्ध रहेको रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए । मेलामा १५ देखि ६० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल उपलब्ध हुने न्यौपानेले बताए ।

मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अबसर उपभोक्ताले पाएका छन् । मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् । मेलामा महिलापुरुष दुवैका लागि सिजनल बुटहरुसमेत राखिएका छन् । मेलामा महिलाका लागि विशेष प्रकारका चप्पल सुल्याण्डले राखेको छ । हामी महिलाको चप्पल उत्पादनमा अग्रणी छौं, सुल्याण्डका संचालक सुरज बन्जाडेले भने, मेलामा हामीले महिला लक्षित दर्जनौं मोडलका चप्पल सार्बजनिक गरेका छौं । सबै उमेर समुहका महिलाले मेलामा आएपछि चप्पल मन नपरेर रित्तो हात फर्किनु पर्ने छैन ।

मेलामा स्कुले विद्यार्थीको जुत्ता र विवाहको सिजनका लागि पार्टी सुजको पनि धेरै भेराइटी उपलब्ध छ । हामीले स्कुलका विद्यार्र्थीलाइ लक्षित गरी सस्तोमा स्कुल जुत्ता मेलामा राखेका छौं, ल्याण्डवाक सुजका सौरभ श्रेष्ठले भने, विवाहका  सिजन लक्षीत धेरै मोडलका पार्टी सुज पनि मेलामा छन् । सबै प्रकारका जुत्ताचप्पल खोज्ने ग्राहकका लागि मेला उपयुक्त गन्तब्य हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ