arrow

अष्ट्रेलियाली प्रहरीका लागि एक डरलाग्दो घटना : परिवारको हत्या

logo
प्रकाशित २०७६ फागुन ८ बिहिबार

सिडनी । अष्ट्रेलियाका रग्वी खेलका एक पूर्व खेलाडीले आफ्नी श्रीमती र तीन छोराछोरीको हत्या गरेको आशङ्का प्रहरीले गरेको छ ।

उक्त हत्याकाण्डको अनुसन्धान जारी राखेको अष्ट्रेलियाली प्रहरीले हत्यामा तिनै पूर्व खेलाडीको संलग्नताको आशङ्काको नजिक पुगेको बताएको हो ।

अष्ट्रेलियाली सञ्चारमाध्यमहरुले जनाएअनुसार यहाँको प्रहरीले यो घटनालाई बडो डरलाग्दो हिंसा भनेका छन् । प्रहरीकाअनुसार यस्तो डरलाग्दो घटना यहाँको प्रहरीले पहिलो पटक अनुसन्धान गरिरहेको छ ।

प्रहरी अधिकारीकाअनुसार ३१ वर्षीया हाना क्लार्कको ब्रिस्बेनको अस्पतालमा मृत्यु भएको थियो । उनका तीन जना छोराछोरीको ज्यान गएको केही समयपछि उनको मृत्यु भएको थियो ।

उनका छोराछोरी तीन, चार र छ वर्षका मात्र थिए । ती छोराछोरीको निधनको केही घन्टापछि क्लार्कको पनि बुधबार ब्रिस्बेनको अस्पतालमा निधन भएको थियो । उनका पतिको पनि जलेर मृत्यु भएको छ ।

उनीहरु चढेको कारमा क्लार्कका ४२ वर्षीय पूर्व रग्वी खेलाडी एवं पति रोवान बाक्सटरले नै पेट्रोल खन्याएर आगो लगाएका थिए । कारमा लागेको आगोका कारण तीन छोराछोरीको ज्यान गइसकेको थियो । तर आधा जलेकी क्लार्क भने आफै अस्पताल पुगेकी थिइन् । तर सोही दिन उनको पनि ज्यान गयो ।

कारभित्रै रहेका रोवान पनि जलेको अवस्थामा सडक किनारमा देखिएका थिए, जहाँ उनको मृत्यु भएको थियो ।
   
क्लार्कको भनाई उद्धृत गर्दै ब्रिस्बेनको प्रहरीले सो कारमा ती पूर्व खेलाडीले आफैँ आगो लगाएको बताएको छ । त्यहाँ अरु कुनै प्रमाणहरु भेटिँदैनन् र कारमा आफैँ आगलागी भएको जस्तो पनि देखिँदैन– प्रहरीले भनेको छ ।

प्रहरीले उक्त कार पेट्रोल छर्केर आगो लगाइएकोजस्तो देखिएको बताएको छ । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ