arrow

दुई डोजरमा आगजनी

logo
प्रकाशित २०७६ फागुन ८ बिहिबार
dojer1.jpg

डोटी । अज्ञात समूहले गए राति जिल्लाका आदर्श र सायल गाउँपालिकास्थित दुई वटा डोजरमा आगजनी गरेका छन् ।

सायल गाउँपालिकामा जलाइएको डोजर गाउँपालिकाकै भएको र आदर्श गाउँपालिकामा जलाइएको डोजर स्थानीय व्यक्तिले सडक निर्माणका लागि काठमाडौँबाट भाडामा ल्याएको भन्ने जानकारी प्राप्त भएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए।

उनले भने, “अज्ञात समूहले डोजर जलाएको भन्ने खबर आएको छ, कसले र किन जलाएका हुन् खोजी हुँदै छ ।”

आगजनीका कारण सायल गाउँपालिकाको डोजरमा पूर्ण रुपमा क्षती भएको र आदर्श गाउँपालिकामा जलाइएको डोजरमा सामान्य क्षती भएको भन्ने जानकारी आएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ