arrow

नेपाल एपीएफ स्कुल कपको उपाधि पुलिस स्कुललाई

logo
प्रकाशित २०७६ फागुन ८ बिहिबार
nepal-police-club.jpg

काठमाडौं। एपीएफ स्कुल कपको उपाधी नेपाल पुसिल स्कुलले चुमेको छ। आज भएको फाइनलमा नेपाल पुलिस स्कुल साँगाले ग्रिन भिलेज एजुकेशन फाउण्डेशन कीर्तिपुरलाई  २-१ गोलले पाखा लगाउदै पुलिसले उपाधी जितेको हो। सो कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष एवं मानवश्रोत विभाग प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रीमान् बंशीराज दाहालले खेलाडि तथा  रेफ्रीहरुलाई प्रमाण पत्र, मेडल तथा ट्रफी प्रधान गरेका थिए।

त्यसै गरी एनआइसी एसिया बैकका सहायक कार्यकारी निर्देशन श्री सुधिरनाथ पाण्डेबाट सो प्रतियोगितामा उपविजेता हुन सफल ग्रिन भिलेज एजुकेशन फाउण्डेशनका खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरे। सोही अवसरमा सहायक कार्यकारी निर्देशनबाट नेपाल एपीएफ स्कुलका छात्राहरुलाई उपयोगी हुने सेनेटरी प्याड डिस्पोजल मेशिन यस विद्यालयका प्रधानाचार्य श्री युवराज पराजुलीलाई हस्तान्तरण गर्नु गरे। सोही अवसरमा अखिल नेपाल महिला फुटबल समितिकी अध्यक्ष श्रीमती पेमा लामाबाट सम्पूर्ण सहभागी टिमहरुलाई सहभागीताको प्रमाण पत्र वितरण गरिन्।

प्रतियोगितामा अखिल नेपाल फुटबल महासंघका उपाध्यक्ष श्री उपेन्द्रमान सिंहबाट तृतीय स्थान हासिल गर्ने ल्याब्रोटरी मा.वि.का खेलाडीहरुलाई प्रमाण पत्र तथा मेडल प्रधान गरे। यस खेलमा उत्कृष्ट गोल रक्षक नेपाल पुलिस स्कुलका इसान श्रेष्ठ घोसित भए, सोही स्कुलका सन्देश तामाङ्ग सर्वाधिक गोल कर्ता र सोदिन अवाल उत्कृष्ट खेलाडी बने। त्यस्तै साल्भिनिया एकेडेमी, कीर्तिपुर अनुशासित खेलाडी समुह बन्न सफल भए। उत्कृष्ट खेलाडीहरुलाई राष्ट्रिय फुटबल प्रशिक्षक द्धय साबित्रा भण्डारी र अनिता बस्नेतले संयुक्त रुपमा ट्रफी तथा प्रमाण पत्र वितरण गरिन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ