arrow

ट्रम्पका पूर्व सल्लाहकार स्टोनलाई ४० महिना जेल

logo
प्रकाशित २०७६ फागुन ९ शुक्रबार
roger-stone.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दिनानुदिन बदनाम हुँदैछन् । उनका आफ्ना सल्लाहकारदेखि लिएर आफूले नियुक्त गरेका कर्मचारीहरुसमेत विभिन्न काण्डमा फसेपछि उनी आसन्न निर्वाचनमा पनि संकटमा छन् । 

उनका अर्का एक जना सल्लाहकार पनि जेल गएका छन् । अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार रोजर स्टोनलाई ४० महिना जेल र २० हजार डलर जरिवानाको सजाय सुनाएको छ । 

अमेरिकी संसदमा गत नोभेम्बरमा संसदमा ७ पटकसम्म झूटो बोलेको, काममा बाधा पुर्याएको र विभिन्न महत्वपूर्ण विषयलाई गुमराहमा राखेको अभियोग पुष्टि गर्दै अदालतले स्टोनलाई सजाय सुनाएको हो । 

स्टोनले सन् २०१६ मा भएको राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्पलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । 

६७ वर्षीय स्टोनलाई गत हप्ता ट्रम्पले सल्लाहकारबाट हटाएका थिए । स्टोन यसअघि पनि विभिन्न विवादमा मुछिँदै आएका थिए । 

तर ट्रम्पले स्टोनलाई छुट दिँदै आएका हुन् । स्टोनलाई ७ देखि ९ वर्ष जेल राख्ने सुझाव दिइए पनि तीन वर्ष ४ महिनाको मात्र सजाय पाएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ