arrow

धुर्मुस–सुन्तलीको आमासंग भिडन्त

logo
प्रकाशित २०७६ फागुन ९ शुक्रबार
senti-virus-aama.jpg

काठमाडौं । हाँस्यकलाकार एवं सामाजिक अभियन्ताहरु सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को भिडन्त आमासंग भएको छ । 

धुर्मुस–सुन्तलीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’ को भिडन्त चलचित्र आमासंग भएको हो । 

शुक्रबारदेखि दुवै चलचित्र हलमा प्रदर्शनरत छन् । 

को को छन् कलाकार ? 
सेन्टिभाइरसः यो चलचित्रमा धुर्मुस(सुन्तलीसँगै दयाहाङ राई, बुद्धि तामाङ, विल्सन बिक्रम राई, कमलमणि नेपाल, राजाराम पौडेल, वसन्त भट्ट, सूर्यमाला खनाल लगायतको अभिनय छ । 

रामबाबु गुरुङको निर्देशनमा रहेको चलचित्र ‘सेन्टी भाइरस’मा राजनराज शिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ ।

यस्तै डिन्डु लामा निर्माताको रुपमा रहँदा फूर्पा लामा सह–निर्माताको रुपमा छन् । ‘सेन्टी भाइरस’ले दिने मुनाफाको २० प्रतिशत सामाजिक कार्यमा लगाउने निर्माण पक्षले यसअघि नै घोषणा गरिसकेको छ ।

आमाः चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्तका अलावा सरिता गिरी, देशभक्त खनाल लगायतका कलाकारहरुको अभिनय छ ।

‘पशुपति प्रसाद’ जस्तो व्यवसायिक र समीक्षात्मक रुपमा सफल चलचित्र दिएका दीपेन्द्र के। खनाल निर्देशित यो फिल्ममा अभिनेत्री सुरक्षाले पिताको दाहसंस्कार गर्न कपाल खौरिएको दृश्य कारुणिक लाग्छ ।
 
सुरक्षाले खौरिएको कपालपछि उनी धेरै पटक रोएकी थिइन् । उनको निकै प्रशंसा पनि भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ