arrow

प्रदेश दुईलाई मदिरा मुक्त बनाइने

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ फागुन ९ शुक्रबार
bramhakumari.jpg

जनकपुरधाम । प्रदेश नम्बर दुई का  मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई मदिरा मुक्त बनाइने बताएका छन्।

शुक्रबार महाशिवरात्रीको अवसरमा व्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरले आयोजना गरेको प्रवचन कार्यक्रममा सम्बोधन गर्दै  मुख्यमन्त्री राउतले जनकपुरको धार्मिक महत्वलाई दृष्टिगत गर्दै मदिरा मुक्त शहर घोषणा गर्ने प्रदेश सरकारको तैयारी रहेका बताए ।

मुख्यमन्त्री राउतले  प्रहरी हस्तारण भए लगतै खुल्ला मदिरा मुक्त अभियान जनकपुरधामबाट शुरु गरि क्रमशः प्रदेश भरि लागु गर्दै जाने बताए ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोलनले भने  शान्ति विना विकास सम्भव नरहेकाले हरेक व्यक्तिलाई आफनै मनबाट शान्तिको शुरुवात गर्नु पर्ने बताए।

कार्यक्रममा प्रदेश सभा सदस्य परमेश्वर साह सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थिए। राजयोग सेवा केन्द्र जनकपुर नगरमा शान्ति यात्रा समेत निकालेका छन ।

 सो कार्यक्रम  सेवा केन्द्रका संचालिका सृजना देवीको अध्यक्षतामा भएको  थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ