arrow

ओली भ्रष्टाचारको मतियार : नैनसिंह महर

logo
प्रकाशित २०७६ फागुन १० शनिबार
nainsingh-mahar.jpg.jpeg

काठमाडौं। नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता नैन सिंह महरले समग्र भ्रष्टाचारको मतियार केपी ओली भएकोले ओली शासनको अन्त्य हुनुपर्ने बताएका छन्। देशमा भएको खर्बौको भ्रष्टाचारमा सरकारको संलग्नता भएकाले एक जना मन्त्रीको राजिनामाले समस्या समाधान नहुने भएकाले अख्तियारले ओली माथि छान बिन कारवाही गरिनु पर्ने प्रस्ट्याएका छन्।

सर्लाही क्षेत्र नं. ४ को अयोजनामा भएको आमसभा लाई सम्बोधन गर्दै मधेशीको नाममा बनेको प्रदेश २ को सरकार झन् शोषण गरेर सरकारका मन्त्रीहरु जनताको करको दुरुपयोग गरिरहेको आरोप लगाए।

सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौं नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका थिए । कार्यक्रममा युवा नेता रामहरी खतिवडा जनताको पार्टी काँग्रेस मात्र भएको बताए। कार्यक्रममा सर्लाही जिल्ला सभापति नागेन्द्र यदव रौतहट सभापति कृष्णा पुर्ब सांसद हरेश महतोले मन्तब्य राखेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ