arrow

गोलमेसिन मेस्सीको चार गोल 

logo
प्रकाशित २०७६ फागुन ११ आइतबार
messi54.jpg

काठमाडौं । डिफेन्डिङ च्याम्पियन बार्सिलोना स्पेनिश ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा इबरलाई ५–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले ह्याट्रिकसहित चार गोल गरे । यस्तै अर्थरले एक गोल गरे ।

बार्सिलोनाको जितमा मेस्सीले पहिलो हाफमै ह्याट्रिक गरेका थिए । खेलको १४ औं, ३७ औं र ४० औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै मेस्सीले ह्याट्रिक पूरा गरेका थिए । 

८७ औं मिनेटम मेस्सीले चौथो गोल गर्दै बार्सिलोनालाई ४–० को अग्रता दिलाए । ८९ औं मिनेटमा अर्थरले गोल गर्दै बार्सिलोनालाई ५–० को जित दिलाए ।

शनिबारका अन्य खेलको नतिजा–
लेभान्ते ३–० रियाल मड्रिड 
सेल्टाभिगो १–० लेगनेश
रियाल सोसिडाड ३–० भ्यालेन्सिया

अंक तालिका –
बार्सिलोनाको फराकिलो जित र रियाल मड्रिडको हारले बार्सिलोना अंक तालिकामा अगाडि लागेको छ । 

२५ खेलमा बार्सिलोनाले ५५ अंक जोड्दा रियाल मड्रिड ५३ अंकसहित दोस्रो स्थानमा रहेको छ । 

गेटाफे ४२ अंकसहित तेस्रो रियाल सोसिडाड, एथलेटिको मड्रिड र सेभियाको ४०–४० अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ