एक हजारौं खेलमा रोनाल्डोको कीर्तिमानी गोल 

प्रकाशित मिति : २०७६ फाल्गुण ११ आइतबार

काठमाडौं । पोर्चुगिच फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोल गरेका छन् । उनले करियरको एक हजारौं खेलमा  गोल गर्दै इटालियन सिरि एमा युभेन्ट्सलाई जिताएका छन् । 

युभेन्ट्सले सिरि ए फुटबलमा एसपीएललाई हराएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले रोनाल्डोको कीर्तिमानी गोलमा एसपीएललाई २–१ गोल अन्तरले हराएको हो ।

करियरको सिनियरतर्फ एक हजार खेल पुरा गरेका रोनाल्डोले सिरि ए फुटबलमा लगातार ११ खेलमा गोल गर्न समेत सफल रहे ।

जुआन कुआड्राडोको क्रसमा गोल गर्दै रोनाल्डोले ग्याब्रियल बाटिस्टुटा र फबियो क्वाग्लिआरेलाको कीर्तिमानी गोल बराबरी गरे ।

आरोन राम्सीले एक गोल थप्दै युभेन्ट्सको जित सुनिश्चित गरेका थिए । घरेलु टोलीका आन्ड्रे पेटाग्नालेटरले पेनाल्टीमा एक गोल फर्काएका थिए ।

जितसंगै शीर्ष स्थानको युभेन्ट्सको ६० अंक छ । तालिकाको पुछारमा रहेको एसपीएलको १५ अंक छ ।

रोनाल्डोले यस सिजन क्लब र देशका लागि ३६ खेलमा ३६ गोल गरको छन् । उनलाई आगामी आईतबार ईन्टर मिलानबिरुद्ध गोल गर्दै सिरि ए फुटबलमा कीर्तिमानी गोल कायम गर्ने अवसर छ ।

नयाँ