arrow

खतिवडाले सम्हाले सञ्चार मन्त्रालय

logo
प्रकाशित २०७६ फागुन ११ आइतबार
yubraj3.JPG

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समेत पदभार ग्रहण गरेका छन् । आइतबार खतिवडाले पदभार ग्रहण गरेसँगै मातहतका कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।

क्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियो सार्वजनीक भएसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अर्थमन्त्री डा खतिवडालाई कार्यभार तोकिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ