arrow

सुन हालसम्मकै उच्च मूल्यमा

logo
प्रकाशित २०७६ फागुन ११ आइतबार
gold-pure2.jpeg

काठमाडौं । सुनको मूल्यमा आइतबार उच्च वृद्धि देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा समेत परेको हो ।

आइतबार सुन प्रतितोलामा रु ७०० ले वृद्धि हुँदा नयाँ उचाइ कायम गरेको हो । स्थानीय बजारमा छापावाला सुन आइतबार प्रतितोला रु ७८ हजार ८०० मूल्यमा खरिद बिक्री भयो । यो मूल्य हालसम्मकै उच्च हो ।

गत शुक्रबार छापावाल सुन प्रतितोला रु ७८ हजार १०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला रु ७८ हजार ५०० मा कारोवार भएको छ ।

शुक्रबार तेजाबी सुन प्रतितोला रु ७७ हजार ८०० मा कारोवार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रतितोला रु ९२० मा कारोवार भएको छ । शुक्रबार चाँदी प्रतितोला रु ९१५ मा कारोवार भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ