arrow

बलिउडको कर्म : सलमानलाई फलै फल, शाहरुख असफल 'कसको कमाई कति ?'

logo
प्रकाशित २०७३ वैशाख ८ बुधबार
shah-rukh-khan-salman_640x480_61438062383.jpg.jpeg
एजेन्सी । बलिउडमा प्रत्येक वर्ष हजारौ चलचित्र बन्ने गर्दछन् । यसरी बन्ने चलचित्रहरुमा केही सशक्त कथा वस्तु हुन्छन् भने केही स्टारडमको सहारामा चलेको पाइन्छ । बलिउडमा अहिले सलमान, अमिर, अक्षय ,शाहरुख ब्राण्डनै  बनिदिएका छन् । सुरुवाती समयमा कडा मेहेनत गरेर  बलिउड छिरेका कलाकारहरु  ब्राण्ड बने पछि यीनीहरुनै सर्वस्व हुन् भन्ने धेरैलाई भान छ । जसको असर ती कलाकारलाई दिर्घकाल सम्म पर्ने पक्का छ । यसको शिकार बनेका छन् शाहरुख खान । 
 
सन् २०१४ को अन्त्य सम्ममा बलिउडकै सफल रहेका शाहरुखको चलचित्रले एकै दिनमा २१ करोड रुपैयाँ कमाएर रेकर्ड बनाएको थियो । ठुलो लगानीको चलचित्र  ‘रा.वन’ डुबेपछि शाहरुखले  ‘चेन्नाई एक्सप्रेस’, ‘ह्याप्पी न्यू इयर’, ‘दिलवाले’ जस्ता पैसा कमाउन सफल तर दर्शकले हावा भनेका फिल्ममा देखिए । जसको चोट उनलाई मात्र परेन उनका समर्थकलाई परेको छ । सोही तीतो अनुभवले  अहिले उनको चलचित्र 'फ्यान' छायामा परेको छ । 
 
यस वर्ष एक अन्तर्राष्ट्रिय सञ्चार माध्यमले प्रकाशित गरेको वार्षिक रुपमा सर्वाधिक कमाई गर्ने बलिउड कलाकारको सूचीमा उनलाई चौथो स्थानमा राखेको छ । उनले वार्षिक ६४ करोड नेपाली रुपैया कमाउने गरेका छन् । सो सूचीमा चलचित्र, विज्ञापन, च्यारिटी शोका आधारमा कलाकारले कमाउने एक वर्षको आम्दानी समेटिएको छ ।  
 
सलमान खान वार्षिक ९६ करोड आम्दानीसहित सूचीको शीर्ष स्थानमा छन् । सलमान  'किक','बजरङगी भाइजान','प्रेम रतन धन पायो' जस्ता  उत्कृष्ट चलचित्रमा अभिनय गरेर सो स्थानमा पुगेका हुन् । पछिल्लो समय उनले अभिनय गरेको चलचित्र सफल मात्र नभएर सर्वाधिक सफल भएका छन् ।  
 
अमिर खान यस सूचीको दोस्रो स्थानमा छन् । बलिउडका मिस्टर पर्फेक्टनिस्ट वार्षिक ८० करोड कमाउदै दोस्रो स्थानमा पर्न सफल भएका हुन्  । यस्तै, अक्षय कुमार ७२ करोडसहित सूचीको तेस्रो स्थानमा छन् । शाहरुख खान बराबर कमाउने ऋतिक रोशन भने यस सूचीको पाँचौ स्थानमा छन् । ऋतिकको वार्षिक ६४ करोड आम्दानी गर्द छन् । रणवीर कपुर ४८ करोड रुपैया सहित सूचीको छैठौँ स्थानमा रहेका छन् ।
अजय देवगनले वार्षिक ४० करोड आम्दानी गरेर सूचीको सातौ स्थानमा छन् । 
 
 
बलिउड महानायक अमिताभ बच्चन सूचीको आठौँ स्थानमा छन् । उनको वार्षिक आम्दानी ३२ करोड छ । यस्तै नवौँ र दशौँ स्थानमा क्रमश: सैफअली खान  र  रणवीर सिह छन् । उनीहरुको कमाई समान २४-२४ करोड रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ