arrow

को को उड्छन् निजी विमानमा

logo
प्रकाशित २०७६ फागुन ११ आइतबार
saharuk-plane-gauri.jpg

एजेन्सी । बलिउडमा आफ्नो निजी विमानमा यात्रा गर्ने कलाकारको संख्या बढ्दो छ । बलिउड कलाकारसँग सुबिधा सम्पन्न गाडि घर हुनु नौलो कुरा होइन । किनकि बलिउड कलाकारसँग निजी विमान हुने गरेको छ । उनिहरु आफ्नै विमानमा  यात्रा गर्न रुचाउने गर्दछन् । बलिउडका थुप्रै स्टारहरु आफ्नो निजी विमानमै यात्रा गर्न मन पराउँछन् । सलमान खान, प्रियंका चोपडा, अक्षय कुमार, शिल्पा शेट्टी ती कलाकार हुन् जो आफ्नो निजी विमान प्रयोग गर्ने गर्छन् ।

बलिउडका मेगा स्टार अमिताभ बच्चन चर्चित मात्र छैनन् उनको जिवन पनि त्यतिकै विलासी रहेको छ । उनि आफ्नो निजी विमानको प्रयोग पारिवरिक यात्राको लागि गर्ने गरेका छन् ।

शाहरुख खानसँग पनि आफ्नो निजी विमान रहेको छ । सो विमानमा उनका सहयोगि कलाकार देखिने गरेका छन् । शाहरुख आफ्नो विमानको प्रयोग चलचित्रको सुटिङ र प्रमोशनको लागि गर्ने गरेका छन् ।
 

सुपरस्टार सलमान खान भारतीय चलचित्र उद्योगका सबैभन्दा ठूलो तारा हुन् । सलमान खान एक आकर्षक निजी जेटका मालिक पनि हुन्।

अजय देवगनले बलिउडमा कयौ चर्चित फिल्म दिएका छन् । उनि आफ्नो स्टारडमका लागि पनि प्रसिद्ध छन् । अजय देवगनसँग एक प्राइभेट जेट पनि छ ।

ऋतिक रोशन बलिउडका राम्रा अभिनेताहरु मध्येका एक हुन् । उनि भारतीय बालबालिकाका लागि महानायक हुन् । उनिसँग एक अलग स्टाइलिश निजी जेट रहेको छ ।

अक्षय कुमार आफ्नो मेहेनतले बलिउडमा स्थापित भए । अक्षयसँग सुविधा सम्पन्न विमान रहेको छ । उनि परिवारसँग छुट्टि मनाउन सो विमानको प्रयोग गर्छन् ।

अभिषेक बच्चन र एश्वर्यासँग पनि निजी विमान रहेको छ । दुवैलाई सो विमानमा विवाहको समय देखिएको थियो । बच्चन परिवारमा दुई निजी विमान रहेका छन् ।
 

बलिउडकी देसि गर्ल प्रियंकासँग पनि निजी विमान रहेको छ । उनि सो विमानको प्रयोग प्राय घुम्नलाई गरेक छन् ।

बलिउड अभिनेत्री सिल्पा सेट्टिसँग पनि आफ्नै निजी विमान रहेको छ । उनि आफ्नो परिवारसँग विदा मनाउनलाई सो विमानको प्रयोग गर्ने गर्छिन् । शिल्पाका श्रीमान् राज कुन्द्रा चर्चित व्यपारी हुन् ।    

अनिल कपूरसँग पनि निजी जेट रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ