arrow

शत्रु शक्तिशाली भए के गर्ने ?

logo
प्रकाशित २०७६ फागुन ११ आइतबार
mahabharat_katha.jpg

काठमाडौं । महाभारतमा धेरै शक्तिशाली राजाहरुको वर्णन गरिएको छ । यसै बलवान् राजामध्येका एक हुन् जरासन्ध । जरासन्ध र श्रीकृष्णको बीचमा युद्ध पनि भएको थियो । सो युद्ध कृष्णले कूटनीतिको माध्यमबाट जित हासिल गरेका थिए । महाभारतका अनुसार जरासन्ध मगधका राजा थिए । यो अहिले बिहारमा पर्छ । जरासन्धले अरु राजालाइ पहाडी क्षेत्रमा बन्दी बनाएर राख्ने गर्थे ।
 
महाभारतका अनुसार भीमले जरासन्धसँग युद्ध गरेर उनलाई मारेका थिए । भागवतका अनुसार भने कृष्ण र बलरामले जरासन्धले युद्ध गरेका थिए । उनको नीतिबाट शत्रु शक्तिशाली भयो भने के गर्ने भन्ने सिक्न सकिन्छ ।

एकपटक कृष्ण र जरासन्धको बीचमा युद्ध चलिरहेको अवस्थामा कृष्ण र बलराम भागिरहेका थिए, त्यतिबेला जरासन्ध हाँसेका थिए । धेरै पर पुगेपछि उनीहरु निकै उचाइको प्रवर्शण पर्वत चढेका थिए । उनीहरु यो पर्वत चढेसँगै जरासन्धले पर्वतको चारैतिर आगो लगाइदिएको थियो । ठूलो आगो लागेपछि कृष्ण र बलराम ४४ कोशको पर्वतबाट जरासन्धको सैनिको घेरा नाघेर तल आएका थिए ।
 
उनीहरुलाई जरासन्ध र उनका सैनिकले देख्न सकेनन् । उनीहरु त्यहाँबाट द्वारका गए । जरासन्धले उनीहरु मरेको ठानी आफ्नो सेना लिएर मगध फर्किए । यो युद्धका क्रममा कृष्णले जरासन्धलाई कृष्ण र बलराम मारिए भन्ने भ्रम उत्पन्न गर्न सफल भए ।

यसका साथै उनको युद्धबाट शत्रु आफूभन्दा बलियो छ भने पहिला आफू पनि बलियो बन्नु जरुरी हुन्छ भन्ने सन्देश पनि दिएका छन् । यदि आफू युद्धका लागि सक्षम छैन भन्ने लाग्छ भने युद्ध छाडेर भाग्नुमा पनि कुनै खराबी नरहेको उनको नीतिबाट बुझ्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ