arrow

एनआईसी एशियाको 'न्यू सुपर चमत्कारिक' खातामा उच्च ब्याजदरसँगै २१ लाख सम्मको बीमा

logo
प्रकाशित २०७६ फागुन ११ आइतबार
Fixed_Deposit.jpg

काठमाडौं। एनआईसी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्धती निक्षेप योजनामा उच्च ब्याजको साथै २१ लाख रुपैयाँसम्मको अतुलनीय बीमा सुविधा प्रदान गर्दै आइरहेको छ । मुद्धती निक्षेप खाता खोलेकै आधारमा बैंकले दिएको यो सर्वाधिक तथा अद्धितिय सुविधा साच्चै चमत्कारिक छ । 

प्राय मुद्धती खाता भन्नाले ग्राहकले निक्षेप गरेको रकममा आकर्षक ब्याजदर पाइन्छ भन्ने बुझाई छ । तर बैंकको न्यू सुपर चमत्कारिक मुद्धती निक्षेप खातामा सर्वाधिक उच्च ब्याजमात्रै उपलब्ध नभई बीमा सुविधा समेत दिएर मुद्धती खाताको दायरा नै फराकिलो बनाइदिएको छ । यो मुद्धती खातामा ग्राहकहरुले उच्च ब्याजदर सँगै तीन विभिन्न बीमा सुविधा पनि पाउन सक्ने बैंकले जनाएको छ।

 यस योजना अन्तर्गत खाता खोलेका ग्राहकहरुले जीवनमा आईपर्न सक्ने अकल्पनीय घटनाको लागि २१ लाख रुपैयाँसम्मको तीन चमत्कारिक बीमा सुविधा पाउनेछन् । यो बीमा सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा दश लाखसम्मको बीमा सुविधा उपलब्ध छ । यस्तै, १८ घातक रोगहरुको लागि दश लाखसम्म र १ लाखसम्मको औषधी उपचार बीमा सुविधा समेत उपलब्ध छ । यसैगरी औषधी उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग (ओपिडी) उपचारमा रु. २० हजारसम्म र अस्पताल भर्ना वापत रु. ८० हजार सम्मको बीमा सुविधा प्रदान गर्नेछ । उक्त ओपिडी बीमा सेवाले ग्राहकवर्गलाई अस्पतालमा भएका सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि खर्च लगायतका खर्चहरु वापत रु. २० हजार सम्मको भरपाई गर्नेछ ।

एनआईसी एशिया बैंकमा मुद्धती खाता खोलेकै भरमा पाइने यस्तो सुविधा देशकै सर्वोत्कृष्ट मुद्धती योजना रहेकोले आफ्ना ग्राहकवर्गहरुको लागि एकदमै फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले ल्याएको विभिन्न निक्षेप योजनामा हालसम्म १ सय २ जना ग्राहकले यो सुविधाबाट रु ६० लाख भन्दा बढीको बीमा रकम प्राप्त गरीसकेको बैंकले जनाएको छ।

सामान्यतयाः यदि ग्राहकवर्गले रु. २१ लाखसम्मको बीमा आफैले गर्न परेमा करिब १४,००० रुपैयाँ  बराबरको बीमा शुल्क बुझाउन पर्ने हुन्छ । तर यस न्यू सुपर चमत्कारिक योजना अन्तर्गत बैंक स्वयंले उक्त बीमा सुविधा बापत लाग्ने बीमा शुल्क सम्झौता गरको एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड लाई बैंकले सम्झौता गरे अनुरुप बीमा शुल्क भुक्तानी गर्ने हुँदा ग्राहकवर्गलाई करिब रु. १४,००० को फाइदा पुग्नेछ । 

बैंकले  नेपालभर ३ सय १९ शाखा कार्यालयहरु, ४ सय ४५ एटिएम, १ सय ३  एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा प्रदान गर्दै आएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ