arrow

जन्मदै आक्रोश

logo
प्रकाशित २०७६ फागुन ११ आइतबार
baby-angry.jpg

काठमाडौं । सामान्यतया शिशु जन्मेपछि रुन्छ । नरुने बच्चालाई जवरजस्ती डाक्टरले रुवाउँछन् । यसको प्रमुख कारण हो बच्चा स्वस्थ्य छ कि छैन भन्ने थाहा पाउन । फोक्सोले राम्रोसंग काम गरेको छ कि छैन भनी जान्न । 

तर ब्राजिलको रियो दि जेनेरियोस्थित एक अस्पतालमा गत फेब्रुअरी १३ मा जन्मेकी एक बच्चीले भने डाक्टरलाई पनि हैरान पारेकी छिन् । 

ती बच्ची रोइनन् । डाक्टरले गर्भनाल काट्नुअघि रुवाउने प्रयास गरे । यस्तैमा ती बच्चीले डाक्टरलाई रिसले हेरिन् । 

डाक्टरको टिमले उक्त आक्रोश भरिएको बच्चाको तस्वीर लियो । डाक्टरले यसअघि यस्तो किसिमको घटना कहिल्यै देखेका थिएनन् । जब गर्भनाल काटियो तब मात्र बच्ची रोइन् । 

बच्चीको उक्त तस्वीर अस्पतालले सेयर गरेको छ । डाक्टरहरुले उक्त समयलाई सानदार क्षणका रुपमा परिभाषित गरेका छन् । 

बच्चीका अभिभावकले उनको नाम इसबेल परेरा डी जीसस राखेका छन् ।

बच्चीको जन्म अप्रेशन गरी भएको थियो । 

  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ