arrow

शनि हिन्दूस्तानी बने इन्डियन आइडल

logo
प्रकाशित २०७६ फागुन १२ सोमबार
sunny-hindustani.jpg

काठमाडौं । ११ औं संस्करणको इन्डियन आइडल शनि हिन्दूस्तानी बनेका छन् । आइतबार राति भएको फिनालेमा फाइनल चरणमा पुगेका चार जनालाई पछि पार्दै शनी इन्डियन आइडल बनेका हुन् । 

५ करोड जनताले भोटिङ गरेर टुंगो लगाएको इन्डियन आइडलको फिनालेमा रोहित सामराव दोस्रो, अनकोना मुखर्जी  तेस्रो, अद्रिज घोष चौथो तथा रिधम कल्याण पाँचौं भएका छन् । 

जितसंगै गरिब परिवारमा जन्मेका भटिन्डाका शनिले २५ भारु र एउटा कार पाएका छन् । त्यस्तै टि सिरिजको एउटा फिल्ममा गीत गाउने अवसर पाएका छन् ।

उनले इन्डियन आइडल बन्नुअघि नै दुई वटा फिल्ममा गीत गाइसकेका छन् । 

उनी १४ वर्षका हुँदा बाबुको मृत्युपछि आमाले निकै दुःखका साथ हुर्काएकी थिइन् ।

घरको हालत ठीक नभएकाले इन्डियन आइडलमा आउनासाथ उनलाई नेहा कक्कडले एक लाख भारु दिएकी थिइन् । 

  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ