arrow

आईपीएल: मुम्बईद्वारा बेंगलोर पराजित

logo
प्रकाशित २०७३ वैशाख ८ बुधबार
IPL_Bumraha.jpg.jpeg
काठमाडौं। मुम्बई ईण्डियन्सले रोयाल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गरेको छ। विराट कोहली र एबी डिविलियर्सको टोली बेंगलोरको यो लगातार दोस्रो पराजय हो।
 
टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओबरमा ७ विकेट गुमाउँदै १७० रन बनाएको थियो। ट्राभिस हेडले ३७ रन बनाएका थिए भने कप्तान कोहलीले ३३ रनको योगदान दिएका थिए। 
 
त्यसैगरि डिविलियर्सले २९ रन बनाएका थिए। मुम्बईका जसप्रति बुमराहले ३ तता हार्दिक पाण्ड्याले २ विकेट लिएका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको मुम्बईले १८.३ ओभरमा १७१ रन बनाएको थियो। बिजय लक्ष्य पच्छयाउने क्रममा मुम्बईले ४ विकेट गुमाएको थियो। कप्तान रोहित शर्माले ६२ रन बनाएका थिए।
 
त्यसैगरि अम्बती रायडुले ३१ रनको योगदान दिएका थिए। केयरन पोलार्डले १९ बलमा ३ छक्का र ४ चौकाको मदतले ४०* रन बनाएका थिए।   बेंगलोरका ईकबाल अब्दुल्लाले ३ विकेट लिएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ