arrow

मृत्यु भएकी नायिका महिमालाई सम्झिदै

logo
प्रकाशित २०७६ फागुन १२ सोमबार
mahima-silwal.jpg

काठमाडौं । दुर्घटनामा परी मृत्यु भएकी नायिका महिमा सिलवालको शोक सभा गरिने भएको छ । अभिनेत्री महिमा सिल्वाल र शर्मिला सिल्वालको शोक सभा  फाल्गुन ११ गते शैली थिएटर, रातोपुलमा गरिने भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले बताए ।

माघ २९ गते  बसले महिला सवार स्कुटरलाई ठक्कर दिँदा उनीसहित उनकी बहिनी शर्मिलाको पनि मृत्यु भएको थियो ।

काठमाडौंबाट चितवन जाने क्रममा बुधवार साँझ ५ बजेर ४५ मिनेटमा धादिङको गजुरीमा उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई लु २ ख १३५ नम्बरको बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

बहिनी शर्मिलाको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।  ‘कारवाही’ चलचित्रबाट डेब्यु गरेकी चितवनको भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले एक दर्जनभन्दा बढी फिल्म र दर्जनौं म्यूजिक भिडियोमा अभिनय गरेकी छन् ।

‘कारवाही’ फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले ‘जिगोलो’, ‘अप्रिल फूल’, ‘दानव’ लगायतका फिल्ममा अभिनय गरेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ