arrow

वर्षाले सुदुरका इँटा उद्योगमा साढे ३१ करोडको लगानी डुबायो

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ फागुन १२ सोमबार
brick.JPG

कंचनपुर । इँटा बनाउने सिजनमा यस वर्ष पटक पटक परेको वर्षाका कारण काँचो इँटा गलेकोले सुदुर पश्चिमका इँटा उद्योगहरुको ६ करोड बराबरको लगानी पुँजी डुब्न पुगेको छ ।

सुदुर पश्चिम प्रदेश भारीलाई आबश्यक इँटा उत्पादन गर्दै आएका कैलाली कन्चनपुरका ७० वटा इटा उद्योगहरुमा तयार पारिएका १० करोड ५० लाख काँचो इँटा नष्ट हुँदा ३१ करोड ५० लाख लागनी पुँजी डुब्न पुगेको ब्यबसायी हरुले बताएका छन् । इँटाको बजार माग अनुसार उत्पादन गरिएका काँचो इँटा सुक्न नपाउदै वर्षाको पानीले गलाउदा बिगतका वर्ष भन्दा यस पटक उत्पादन कम हुने ब्यबसायीहरुले बताउदै आएका छन् ।

बजारमा इँटाको माग भइ रहेको तर उद्योगमा इँटा नभएकोले उपभोक्तालाइ समेत समस्या परेको इँटा ब्यबसायी संघ सुदुर पश्चिम प्रदेश अध्यक्ष बीरबल विश्वकर्माले बताए । प्रदेश अध्यक्ष विश्वकर्माले भने -काँचो इँटा नभएकोले उद्योग संचालनमा ढिलाई हुने भएकाले यस वर्ष इँटा उत्पादनमा ह्रास आउने छ ।

इँटा उद्योगहरुले उत्पादनको लागि काँचो इँटा तयार पार्ने सिजनमा ५ दिन अघि एकाएक परेको वर्षातका कारण ब्यबसायीहरुको करोडौको क्षेती हुनुका साथै ठुलो लगानी पुँजी डुब्न पुगेको छ । कन्चनपुरको दक्षिणी क्षेत्रको बेलौरीमा रहेका ८ वटा इँटा उद्योगहरुमा ५ करोडको लगानी वर्षातको पानीले डुबाएको महाकाली इँटा ब्यबसायी संघ कन्चनपुरका अध्यक्ष बलदेबसिंह बुडालले बताए ।

यस वर्ष उपभोक्ताको माग धान्न नसकिने बुडालले बताए । यसरीनै कन्चनपुरको पुनर्वासमा रहेका १५ वटा इँटा उद्योगहरुमा समेत बर्षातको पानीले ठुलो क्षेती पुगाएको ब्यबसायीहरुले बताएका छन् । पुनर्वासमा २ करोड काँचो इँटा नष्ट हुँदा ६ करोड लगानी पुँजी खेर गएको दक्षिण बेल्ट इँटा ब्यबसायी संघका अध्यक्ष कृष्ण बहादुर तामाङ्गले बताए ।

इँटा उत्पादन गर्ने सिजनका बेला वर्षाको पानीले उद्योगमा क्षेती पुगाउदै आए पनि सरकारले कुनै पनि प्रकारको राहत नदिने भएकाले उद्योगी ब्यबसायी हरु मर्कामा परि रहेको इँटा ब्यबसायी सुर्यमोहन विश्वकर्माले बताए । सरकारी पक्षबाट कुनै पनि राहत अनुदान पाउन नसकेका सुदुर पश्चिमका ७० वटा इँटा उद्योगहरु लगानी जोखिम झेल्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ