arrow

मलेसियामा महाथिरको राजीनामा स्वीकृत, अन्तरिम प्रधानमन्त्री नियुक्त

logo
सिन्ह्वा,
प्रकाशित २०७६ फागुन १२ सोमबार
malaysia-politics.jpg

क्वालालम्पुर। मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले दिनु भएको राजीनामा स्वीकृत भएको छ। मलेसियाका राजाले उहाँको राजीनामा सोमबार नै स्वीकृत गर्नुभएको सरकारी उच्च अधिकारीहरुले जानकारी दिएका छन्। सरकारका मुख्य सचिव मोहम्मद जुकि अलीले महाथिरको राजीनामा राजाबाट स्वीकृत भइसकेको सोमबार पुष्टि गरेका छन्।

उनका अनुसार मलेसियाली राजाले महाथिरको राजीनामा स्वीकृतिसँगै उनलाई नै अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन्। नयाँ प्रधानमन्त्री नियुक्त नहुदासम्मका लागि संविधानको परिधिमा रहेका अन्तरिम प्रधानमन्त्रीको रूपका काम गर्न महाथिरलाई नै जिम्मेवारी दिइएको मुख्यसचिवद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

संसारभरीका प्रधानमन्त्रीमध्ये ‘सवैभन्दा वृद्ध’ प्रधानमन्त्री ९४ बर्षिय महाथिरले सोमबार बिहान राजीनामा दिएका थिए। दुई वर्ष पहिले निर्वाचनमा विजयी भएका महाथिरको सत्तारुढ गठबन्धनका सांसदहरुले सत्ता छाड्ने एकाएक निर्णय गरेपछि राजीनामा गर्न बाध्य भएका हुन्। 

प्रधानमन्त्री महाथिरकै दलका सांसदहरुले विपक्षी दलसँग गठबन्धनमा गरेर नयाँ सरकार गठन गर्ने तयारी गरेको समाचारमा जनाइएको छ। महाथिरले आफ्नो उत्तराधिकारीका रुपमा अनवर इब्राहिमलाई अघि सार्न खोजेको भन्दै पार्टीभित्र असन्तोष चुलिएको थियो।

महाथिर र अनवर दुबैले मलेसियाको राजनीतिमा वर्षौंदेखि प्रभाव पारिरहेका छन्। यी दुई वरिष्ठ नेताको अग्रसरतामा सन् २०१८ को चुनावमा तत्कालीन सरकार परास्त भएको थियो। चुनाव अघि यी दुई नेताबीच निश्चित समयभित्र आलोपालो सरकार चलाउने सहमति भएको थियो। महाथिरले अनवरलाई एक बर्षमा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता चुनावका बेलामा व्यक्त गरेको भएपनि ढिलाई गरेका थिए।

पछिल्लो राजनीतिक सङ्कटका कारण भ्रष्टाचारको आरोपमा मुद्दा झेलिरहनु भएका मलाए पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री नजिब रजाकको भूमिका फेरि बढ्ने अनुमान गरिएको छ। कट्टरपन्थी इस्लामिक पार्टीसँग गठबन्धन गरेको मलाए पार्टीको प्रभाव मलेसियाको राजनीतिमा पुनः देखिने छ। अनवर र उहाँकी पत्नी उपप्रधानमन्त्री वान अजिजा वान इस्माइलले पनि राजालाई भेट्ने कार्यक्रम तय भएको छ।

मलेसियाली राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले संसदमा कुन पक्षको बहुमत छ भनेर निर्णय गर्ने वा नयाँ चुनाव घोषणा गर्ने भन्ने मध्ये एउटा विकल्प रोज्ने अनुमान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ